2026-09-08 04:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलप्रयोग गरेर भए पनि ताइवान एकीकरण गरिछाड्छौँ : सी

असोज ३०, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानलाई जसरी पनि चीनसँग एकीकरण गर्ने बाचा गरेका छन्। पार्टी सम्मेलनमा आफ्नो प्रतिवेदन पेस गर्दै उनले पृथकतावादी गतिविधि नियन्त्रण गरिछाड्ने बताएका हुन्। सीले सो बाचा गर्दा हलमा सबैभन्दा धेरै तालीको गड्गडाहट सुनिएको थियो।

‘हामी अधिकतम विनम्रताका साथ शान्तिपूर्ण पुनर्एकीकरणको प्रयास गरिरहनेछौँ। तर, बलप्रयोगलाई त्याग गर्ने बाचा गर्दैनौँ। र, आवश्यक सबै उपाय लगाउने विकल्प हामी खुला राख्छौँ। यो सम्पूर्ण रुपले बाहिरी शक्तिको हस्तक्षेप र ताइवानको ‘स्वतन्त्रता’ खोज्ने केही पृथकतावादी शक्तितर्फ लक्षित छ। यो हाम्रा ताइवानका देशभक्तहरुप्रति लक्षित छैन,’ सीले भने, ‘हाम्रो देशको पूर्ण पुनर्एकीकरण गरिनैपर्छ। र, निस्सन्देह, गरिनेछ।’

ताइवान मामिला समाधानका लागि पार्टी आफ्नो रणनीतिमा अडिग रहनुपर्ने उनको भनाइ थियो। 

तर, पार्टीले सधैँ ताइवानका देशभक्तहरुलाई सम्मान गर्ने, ख्याल गर्ने र तिनको फाइदाको लागि काम गर्ने उनले बताए। 

‘ताइवान मुद्दाको समाधान चिनियाँ जनताको मात्र चासोको विषय हो। यसको निर्णय चिनियाँ जनताले नै गर्नेछन्,’ सीले थपे।

हङकङ र मकाओका लागि एक मुलुक दुई व्यवस्था नै उत्तम व्यवस्था भएको उनको भनाइ थियो। 

ती क्षेत्रहरुले उच्च स्वशासन प्राप्त गर्ने र त्यहाँ देशभक्तहरुले प्रशासन चलाउने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित