१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

जनतालाई भ्रममा नपार्न कांग्रेस नेता थापाकाे चेतावनी

३० आश्विन २०७९, आईतवार ११:११

असोज ३०, भक्तपुर। कांग्रेसबाट प्रतिनिधिसभा भक्तपुर-२ का उम्मेदवार दुर्लभ थापाले चुनावको समयमा विकासको एजेन्डा उठाएर जनतालाई भ्रममा नपार्न एमालेका प्रतिस्पर्धी महेश बस्नेतलाई चेतावनी दिइका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले अन्य समयमा चुप लागेर बस्ने र चुनावका समयमा सधैं जसो साना-तिना विकासका एजेन्डा उठाएर मतदातालाई भ्रममा पार्ने काम गलत भएको बताए ।


नीति निर्माणको तहमा पुग्ने निर्वाचनलाई विकासको ललीपप बाँडेर चुनावी एजेन्डा बनाउनेलाई अब जनताले तह लगाउने भन्दै स्थानीय सरकारको काम विकासको मूल फुटाउने हो भन्ने हेक्का समेत नभएर चुनावी एजेन्डा उही पुरानै विकास गर्छौ भन्दै मत माग्नेलाई भक्तपुरका मतदाताले पाखा लगाउने थापाले बताए ।

आफ्ना प्रतिद्वन्द्वी बस्नेततर्फ संकेत गर्दै थापाले डनवाद, धनवाद र गनवादलाई प्रयोग गरेर निर्वाचन जित्ने दाउमा रहेकालाई ४ मंसिरपछि रुझेको बिरालो बन्नु पर्ने अवस्था आउने बताए ।  

माओवादीको बैशाखी टेकेर एक पटक जितेको धङ्धङी कांग्रेसले यसै पटक उतार्ने उनले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ