१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजसम्म बागी उम्मेदवारी फिर्ता लिई निष्क्रिय बसेकालाई माओवादीले कारबाही नगर्ने

३१ आश्विन २०७९, सोमबार ०८:४०

असोज २८, काठमाडौं | माओवादी केन्द्रले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई सोमबारसम्म उम्मेदवारी फिर्ता लिए कारबाही नगर्ने भएको छ । माओवादी केन्द्रीय कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै आज (सोमबार) सम्म उम्मेदवारी फिर्ता लिएर निष्क्रिय बसेको घोषणा गरे अनुशासनको कारबाही नहुने जनाएको हो ।

माओवादी पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा निर्वाचन आयोगले तोकेको मितिभित्र उम्मेदवारी फिर्ता नलिने बागी, तिनका प्रस्तावक र समर्थकलाई कारबाही गरिसकिएको र अझै प्रदेश र प्रतिनिधिसभाका बागी र स्वतन्त्र उम्मेदवारी दिनेले सोमबारसम्म पार्टी वा गठबन्धनका आधिकारिक उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धतासहित घोषणा गरे अनुशासनको कारबाही नहुने जनाइएको छ ।

यसअघि गठबन्धनकै प्रमुख घटक नेपाली कांग्रेसले पनि सोमबारसम्म बागी र स्वतन्त्र उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिए वा निष्क्रिय बसे कारबाही नहुने जनाइसकेको छ । खासगरी, काठमाडौं १०, सर्लाही ४, सल्यानलगायतका जिल्लामा कांग्रेस र माओवादीका बागी उम्मेदवार दलका लागि टाउको दुखाईको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड