2026-08-31 03:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवन १ मा कांग्रेसका बागी उम्मेदवार बुर्लाकोटीको समर्थन विश्व पौडेललाई

असोज ३१, चितवन | चितवन १ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसका बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै निष्क्रिय बसेको घोषणा गरेका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै बुर्लाकोटीले पार्टीले आफूलाई सम्मानजनक भूमिका दिने प्रतिबद्धता जनाएकाले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बुर्लाकोटीलाई निवास बालुवाटार बोलाएर उम्मेदवारी फिर्ता लिई निष्क्रिय बस्न आग्रह गरेका थिए । कांग्रेस सभापतिसमेत रहेका देउवाले उचित भूमिका र जिम्मेवारी दिने प्रतिबद्धता जनाएपछि बुर्लाकोटी ब्याक भई कांग्रेसका आधिकारिक उम्मेदवार विश्वनाथ पौडेललाई आफूले समर्थन गरेको र जिताउन लागिपर्ने प्रतिबद्धता पनि जनएका छन् ।

बुर्लाकोटी चितवन १ बाट टिकटका आकांक्षी थिए । तर पार्टीले राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्व पौडेललाई टिकट दियो । त्यसपछि असन्तुष्ट रहेका बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । बुर्लाकोटीको उम्मेदवारी दर्ता भएपछि सत्तारुढ गठबन्धन निकै सकसमा परेको थियो । यदि बुर्लाकोटीको उम्मेदवारी कायमै रहेको भए एमालेका सुरेन्द्र पाण्डेलाई चिट्ठा पर्ने थियो ।

कांग्रेसले सोमबारसम्म बागी र स्वतन्त्र उम्मेदवार दिने पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिएर निष्क्रिय बसे अनुशासनको कारबाही नगर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने