2026-09-08 03:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाका दुई नयाँ भेरियन्ट XBB र XBB.1 को खतरा

कात्तिक १, काठमाडौं | के कोरोना पुनः फर्किँदैछ ? के फेरि कोरोनाको चौथो लहर आउँदै छ ? अहिले नै त नहोला तर केही हप्ता वा महिनापछि कोरोना एकपटक पुनः नयाँ लहरसहित फर्किने सम्भावना भने देखिएको छ । यस्तो यसकारण किनभने कोरोनाका दुई नयाँ जेनेटिक भेरियन्ट –XBB र XBB.1 खतरा बनिरहेको देखिएको छ । विश्वका थुप्रै देशमा यी दुई भेरियन्टका कारण संक्रमण बढ्न थालेको छ ।
भारतमा पनि यसबारे सचेत गराइएको छ । महाराष्ट्र र केरल सरकारले यसबारे एडभाइजरी जारी गरेको छ । राज्यले मानिसलाई मास्क लगाइराख्न सल्लाह दिएको छ ।

के हो दुई नयाँ भेरियन्ट ?
एक्सबीबी ओमिक्रोनको सब–लाइनेज BJ.1  र BA.2.75 बाट मिलेर बनेको हो । यसलाई रिकम्बिनेन्ट भेरियन्ट भनिन्छ । यस्तै,XBB.1,XBB को सब–लाइनेज हो । बेलायत, अमेरिका र सिंगापुरमा कोरोनाका संक्रमित पुनः बढ्न थालेका छन् । चीनमा पनि थुप्रै शहरमा पुनः लकडाउन लाग्न थालेको छ । विशेषज्ञका अनुसार कोरोना संक्रमितको वृद्धिको कारण एक्सबीबी हुनसक्छ ।
XBB र XBB.1 भेरियन्ट सिंगापुर, बंगलादेश, युरोप र उत्तरी अमेरिकामा भेटिएको छ । सिंगापुरमा कोरोना संक्रमितको संख्यामा लगातार बढिरहेको छ ।
जब एउटै समयमा दुई वा सोभन्दा बढी भाइरसले कुनै सेललाई संक्रमति गर्छ भने त्यो रिकम्बिनेन्ट भेरियन्ट बन्छ । यद्यपि, रिकम्बिनेन्ट भेरियन्टको संक्रमण दुर्लभ हो तर पनि यस्तो नहोला भन्न सकिँदैन ।
कति खतरनाक छ यो जेनेटिक भेरियन्ट ?
पेकिङ युनिभर्सिटीमा बायोपिकका सह प्राध्यापक युनलोन्ड रिचर्ड काओका अनुसार एक्सबीबी एन्टिबडीलाई झुक्याउने भेरियन्ट हुनसक्छ ।
उनले ट्वीट गर्दै भने, ‘एक्सबीबी ओमिक्रोनको BA.2.75.2  र  BQ.1.1 भन्दा बढी खतरनाक छ र यसले प्रतिरोधी क्षमतालाई झुक्याउन सक्छ । कोरोनाका अन्य भेरियन्ट पनि प्रतिरोधी क्षमतालाई झुक्याउन सक्छ तर यिनीहरुको क्षमता एक्सबीबीभन्दा कम छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित