१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सुस्ता बाढी र डुवानका समस्या समाधान गर्न प्रतिबद्ध छुः विनोद चौधरी

२ कार्तिक २०७९, बुधबार ०९:४९

कात्तिक २, नवलपरासी | नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको डुबान क्षेत्रको अवलोकन गरेका छन् । उनले पश्चिम नवलपरासीको नारायणी नदी र गण्डक नहरका कारण वर्षातको समयमा बाढीले दुःख दिने गरेको र यसले पारेको प्रभावका बारेमा प्रभावित क्षेत्रका बासिन्दासँग जानकारी लिएका थिए ।  


सुस्ता गाउँपालिकाअन्तर्गत रुपौलिया, बरुवा, छिवनी सतपत्ति, फेचुवा क्षेत्रका स्थानीयले प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीलाई बाढीको समस्या समाधान गरिदिन आग्रह गरेका थिए । 

स्थानीय माया कोहारले विनोद चौधरीले आफहरूको समस्या समाधान हुनेसमेत विश्वास व्यक्त गरिन् । ‘उद्योगपति पनि हुनुहुन्छ, देश विदेशमा चिनजान छ यो समस्या उहाँले मात्रै समाधान गर्न सक्नुहुन्छ,’ कोहारले भनिन् । 

नारायणि नदी बस्ती नजिक रहेको र गण्डक नहरले समेत छोएको कारण बाढीको समस्या रहेको अर्का स्थानीय हरि चौधरीले बताए । उनले उद्योगपति एवं कांग्रेस नेता चौधरी प्रभावित क्षेत्रको अवलोन गर्दा आफूहरू हर्षित भएको र समस्याको समाधान हुनेमा विश्वस्त रहेको बताए । 


‘पहिलो चुनाव जितेर जाने जोकोहीले पनि बाढी समस्या समाधान गर्छु भन्छन्, तर समाधान हुँदैन । अब उद्योगपति विनोद चौधरी आफै अवलोकन गर्न आएपछि पक्कै समाधान हुन्छ भन्ने आसमा छौं,’ चौधरीले भने । 

प्रतिनिधि सभा उम्मेदवार चौधरीले त बाढी र डुबानको समस्या समाधान गर्न विषयमा आफू गम्भीर रहेको बताए । बाढी प्रभावित क्षेत्रमा कांग्रेसका नेता एवं प्रदेश सभा सदस्य उम्मेदवार देवकरण कलवार, सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायलगायत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ