2026-09-11 08:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सुस्ता बाढी र डुवानका समस्या समाधान गर्न प्रतिबद्ध छुः विनोद चौधरी

कात्तिक २, नवलपरासी | नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको डुबान क्षेत्रको अवलोकन गरेका छन् । उनले पश्चिम नवलपरासीको नारायणी नदी र गण्डक नहरका कारण वर्षातको समयमा बाढीले दुःख दिने गरेको र यसले पारेको प्रभावका बारेमा प्रभावित क्षेत्रका बासिन्दासँग जानकारी लिएका थिए ।  

सुस्ता गाउँपालिकाअन्तर्गत रुपौलिया, बरुवा, छिवनी सतपत्ति, फेचुवा क्षेत्रका स्थानीयले प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीलाई बाढीको समस्या समाधान गरिदिन आग्रह गरेका थिए । 

स्थानीय माया कोहारले विनोद चौधरीले आफहरूको समस्या समाधान हुनेसमेत विश्वास व्यक्त गरिन् । ‘उद्योगपति पनि हुनुहुन्छ, देश विदेशमा चिनजान छ यो समस्या उहाँले मात्रै समाधान गर्न सक्नुहुन्छ,’ कोहारले भनिन् । 

नारायणि नदी बस्ती नजिक रहेको र गण्डक नहरले समेत छोएको कारण बाढीको समस्या रहेको अर्का स्थानीय हरि चौधरीले बताए । उनले उद्योगपति एवं कांग्रेस नेता चौधरी प्रभावित क्षेत्रको अवलोन गर्दा आफूहरू हर्षित भएको र समस्याको समाधान हुनेमा विश्वस्त रहेको बताए । 

‘पहिलो चुनाव जितेर जाने जोकोहीले पनि बाढी समस्या समाधान गर्छु भन्छन्, तर समाधान हुँदैन । अब उद्योगपति विनोद चौधरी आफै अवलोकन गर्न आएपछि पक्कै समाधान हुन्छ भन्ने आसमा छौं,’ चौधरीले भने । 

प्रतिनिधि सभा उम्मेदवार चौधरीले त बाढी र डुबानको समस्या समाधान गर्न विषयमा आफू गम्भीर रहेको बताए । बाढी प्रभावित क्षेत्रमा कांग्रेसका नेता एवं प्रदेश सभा सदस्य उम्मेदवार देवकरण कलवार, सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायलगायत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस