५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डोनेसियाको सबैभन्दा ठूलो मस्जिदमा भीषण आगलागी

३ कार्तिक २०७९, बिहीबार ०८:१६

कात्तिक ३, काठमाडौँ | बुधबार इन्डोनेसियाको राजधानी जकार्तामा रहेको सबैभन्दा ठूलो मस्जिदको गुम्बज भीषण आगलागीका कारण भत्किएको छ । जकार्ता सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार उक्त घटना स्थानीय समय अनुसार बुधबार दिउँसो ३ बजे उत्तरी जकार्ताको जामी मस्जिदमा भएको हो । मस्जिदमा मर्मतको काम चलिरहेको थियो ।


जकार्ता ग्लोबको समाचार अनुसार यो मस्जिद इस्लामिक स्टडीज एण्ड डेभलपमेन्टसँग सम्बन्धित थिंक ट्याङ्क जकार्ता इस्लामिक सेन्टरको परिसरमा बनेको छ । सामाजिक सञ्जालमा शेयर भइरहेको घटनाको भिडियोमा गुम्बज खसेलगत्तै चारैतिर धुवाँको मुस्लो देखिएको छ । आगो निभाउन १० वटा दमकल घटनास्थल पुगेका थिए ।

इन्डोनेसिया न्युज नेटका अनुसार करिब २० वर्ष पहिले सन् २००२ को अक्टोबरमा पनि यस मस्जिदको मर्मतका क्रममा आगलागी भएको थियो । त्यसबेला आगो निभाउन पाँच घन्टा लागेको थियो । प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता