2026-09-19 01:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

विश्वलाई चीन चाहिन्छ : सी जिनपिङ

कात्तिक ६, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी जिनपिङलाई तेस्रो पटक चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व दिइएको छ। राष्ट्रपति जिनपिङले तेस्रो कार्यकालको घोषणासँगै आफ्नो नयाँ नेतृत्वको परिचय पनि दिएका छन्। सी जिनपिङले विश्वलाई चीनको आवश्यकता रहेको बताए।

उनले भने, ‘बाँकी विश्वबिना चीनको विकास हुन सक्दैन र विश्वलाई पनि चीनको आवश्यकता छ। ४० वर्षको अथक परिश्रम र सुधारपछि हामीले द्रुत आर्थिक वृद्धि र दीर्घकालीन सामाजिक स्थिरता ल्याउन सफल भएका छौं।’

पार्टीको नेतामा निर्वाचित भएपछि सी जिनपिङले आफ्नो सम्बोधनमा भने, ‘ममाथि विश्वास गरेकोमा सबैलाई धन्यवाद।’

उनले मुलुकले अहिलेसम्म धेरै उपलब्धि हासिल गरेको र अब चीनलाई हरेक हिसाबले आधुनिक समाजवादी राष्ट्र बनाउनेतर्फ अघि बढ्ने बताए।

सी जिनपिङले लगातार तेस्रो पटक कम्युनिष्ट पार्टीको नेतृत्व पाएपछि राजधानी बेइजिङमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा कुल २४ सदस्य छन्। सो समुहमा कुनै पनि महिला भने छैनन्।  

कम्युनिष्ट पार्टीको बैठकमा सी जिनपिङ केन्द्रीय सैन्य आयोगको अध्यक्ष रहने पनि घोषणा गरिएको थियो। अर्थात् उनी चीनको जनमुक्ति सेनाको कमाण्डर रहनेछन्।

उनले आगामी वर्षको सुरुमा हुने राष्ट्रपतीय निर्वाचनमा पनि आफ्नो पद कायम राख्ने लगभग निश्चित छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो