कात्तिक ९, एजेन्सी । उत्तरी फिलिपिन्समा मङ्गलबार राति ६.७ म्याग्निच्युडको भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले जनाएको छ । स्थानीय समयानुसार मङ्गलबार राति १०:५९ बजे सो भूकम्प गएको जनाइएको छ ।
यस भूकम्प केन्द्रविन्दु लुजोनको मुख्य टापुमा रहेको अब्रा प्रान्तको टिनेग सहरबाट करिब सात किलोमिटर उत्तरपश्चिममा २८ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।