2026-09-08 03:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नासाको अन्तरिक्ष यानले खिच्यो ‘मुस्कुराइरहेको’ सूर्यको तस्बिर

एजेन्सी | नासाको एक भूउपग्रहले यो हप्ताको सुरुमा हाँसिरहेको अनुहारजस्तो देखिने सूर्यको तस्बिर खिच्यो । उक्त अमेरिकी अन्तरिक्ष एजेन्सीले त्यस तस्बिरलाई ‘मुस्कुराइरहेको’ सूर्य भनेको छ ।

नासाले बुधबार ट्विटरमा उक्त तस्बिर सार्वजनिक गर्दै लेखेको छः ‘आज नासाको सोलार डाइनामिक्स अब्जर्भेटरीले ‘मुस्कुराउँदै’ गरेको सूर्यको तस्बिर खिच्यो । पराबैंगनी(अल्ट्राभ्वाईलेट) प्रकाशमा देखिएका यी कालो धब्बाहरूलाई कोरोनल होल(प्वाल) भनिन्छ, जुन ती क्षेत्रमा बन्छन् जहाँ तीव्र गतिमा सौर्य आँधी अन्तरिक्षतर्फ बाहिर निस्कन्छन् ।’

नासाको ‘सोलार डाइनामिक्स अब्जर्भेटरी’ सौर्य गतिविधि कसरी सिर्जना हुन्छ र तिनले अन्तरिक्ष मौसमलाई कसरी प्रभावित बनाउँछ भन्ने अनुसन्धान गर्ने अन्तरिक्ष यान हो । सन् २०१० फेब्रुअरी ११ मा पहिलो पटक प्रक्षेपण गरिएको यस पर्यवेक्षक अन्तरिक्ष यानले सूर्यको भित्री भाग, वायुमण्डल, चुम्बकीय क्षेत्र र ऊर्जा उत्पादनको मापन गर्दछ । 

नयाँ सूर्यको तस्बिर सार्वजनिक भएलगतै अनलाइनमा धेरै रमाइला प्रतिक्रियाहरू आइरहेको छ । कयौंले तस्बिरलाई अमेरिकामा लोकप्रिय रहेको पर्व हेलोवीनमा फर्सीलाई खोपेर बनाइने आकार वा हँसिलो सिंह वा बालबालिकाको शो टेलिटुबीजमा देखाइने सूर्यसँग तुलना गरेका छन् ।

एक समाजिक संजाल प्रयोगकर्ताले नासाको सूर्यलाई ‘बीएन मिनी चकलेट बिस्कुट’सँग तुलना गरेका छन् । हसिलो अनुहारजस्तो देखिए पनि विज्ञहरूले सूर्यको यस्तो कोरोनल होलको कारण शनिबार पृथ्वीलाई सौर्य आँधी आउने बताएका छन् । स्पेसवेदर डट कमले यसबारे लेख्दै भनेको छ,‘ यो हंसमुख आकृतिले पृथ्वीतर्फ तीन गुणा बढी सौर्य आँधी पठाउनेछ ।’

सौर्य आँधीहरू सौर्य सतहमा पिण्ड र ऊर्जाको विस्फोटबाट आउने आँधी हो । त्यो पृथ्वीसम्म आइपुग्दा त्यसले यस ग्रहको चुम्बकीय क्षेत्रलाई प्रभावित बनाउँछ । ठूला सौर्य आँधीहरूबाट मुख्यत भूउपग्रहका सिग्नलहरु प्रभावित हुन्छन् । यसले उत्तरी र दक्षिणी गोलार्धहरूमा ध्रुव प्रकाशको सम्पर्कमा आउँदा तिनलाई थप चहकिलो बनाएर आकर्षक ‘अरोरा’ बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित