भदौ २९, कपिलवस्तु । नयाँ शक्ति नेपाल पार्टी निकट पत्रकार संगठन नेपाल प्रेस सोसाइटी कपिलवस्तुको प्रथम जिल्ला भेला सम्पन्न भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, कपिलवस्तु । नयाँ शक्ति नेपाल पार्टी निकट पत्रकार संगठन नेपाल प्रेस सोसाइटी कपिलवस्तुको प्रथम जिल्ला भेला सम्पन्न भएको"/>
2026-09-16 10:17 AM
कपिलवस्तु - KPL

नेपाल प्रेस सोसाइटी कपिलवस्तुको प्रथम जिल्ला भेला सकियो

भदौ २९, कपिलवस्तु । नयाँ शक्ति नेपाल पार्टी निकट पत्रकार संगठन नेपाल प्रेस सोसाइटी कपिलवस्तुको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । जिल्ला सदरमुकाम तौलीहवामा बुधबार भएको भेला ले उक्त संगठनका ५ नम्बर प्रदेश सदस्य पार्वती आचार्यको संयोजकत्वमा ३१ सदस्यीय  सम्मेलन आयोजक समिती गठन गरेको छ ।

जसको सदस्यहरुमा रमेश कुर्मी , सुनिल अर्याल, संगीता पोख्रेल, संजय तिवारी, गंगा बस्नेत, राजेन्द्र खनाल, रामवली चौधरी, युवराज पौडेल, सिता सारु, मधु पोख्रेल, अलि अख्तर मुसलमान, मञ्जु ज्ञँवाली, जुनेद अहमद खाँ, साहबाज खाँ लगायत ३१ जना रहेका छन । त्यस्तै उक्त समितीको सल्लाहकारहरुमा इन्द्रमणी पौडेल , सुरेन्द्र तिवारी, सुरेन्द्र लम्साल, डा. सतिष उपाध्यय र सोनु कुमार सुनार लाई राखिएको छ ।

भेला लाई सम्बोधन गर्दै नयाँ शक्ति नेपाल पार्टीका केन्द्रिय परिषद सदस्य तथा कपिलवस्तु संयोजक नारायण खनाल ले पत्रकार ले निस्पक्ष रुपमा सत्य र सकारात्मक कुराको उजागर गर्नुपर्ने बताउनु भयो । आफ्नो पार्टी नाममा मात्र नयाँ नभई व्यवहारमा पनि नयाँ प्रयोग गर्ने क्रममा रहेकाले पत्रकार संगठन पार्टीको आंगिक भनिएपनि पुर्ण रुपमा स्वतन्त्र संगठन भएको जिकीर गर्दै कुनैपनि प्रकारको हस्तक्षेप नरहने स्पष्ट पार्नुभयो । नयाँ शक्ति का आधारतत्व हरुबारेपनि उँहाले विचार राख्नु भएको थियो ।

त्यस्तै स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा कपिलवस्तु अध्यक्ष सुरेन्द्र लम्साल ले नवनिर्मीत समितीलाई सुभकामना दिनुभएकोमा कार्यक्रमको अध्यक्षता तथा सहजीकरण नेपाल प्रेस सोसाइटी कपिलवस्तु निवर्तमान संयोजक सोनु कुमार सुनार ले गर्नुभएको उक्त संगठन ले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु