2026-09-08 03:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुजरातमा पुल भत्किँदा १०० भन्दा बढीको ज्यान गएको पुष्टि

कात्तिक १४, एजेन्सी | भारतको गुजरातमा एउटा झोलुङ्गे पुल भत्किँदा १०० भन्दा धेरै मानिसहरूको मृत्यु भएको छ। ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ |

मोरबीको मच्चु नदीमाथिको पुल भाचिँदा कयाैँ  मानिस नदीमा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विवरणहरूका अनुसार घटना हुँदा लगभग ४०० मानिसहरू उक्त पुलमा थिए। 

उक्त राज्यका एकजना मन्त्री ब्रिजेश मेर्जाका अनुसार ८० जनाभन्दा धेरै मानिसहरूको उद्धार गरिएको छ। मर्मत सम्भारपछि पुल पुनः प्रयोगमा ल्याइएको केही दिनमा उक्त घटना घटेको हो।

२३० मिटर लामो ‍औपनिवेशिक समयको उक्त पुल १९औँ शताब्दीमा भारतमा ब्रिटिशहरूले शासन गर्दा बनाइएको थियो। 

स्थानीय रूपमा जुल्टो पुलका रूपमा चिनिने उक्त पूर्वाधार त्यस क्षेत्रको एउटा प्रख्यात पर्यटकीय केन्द्रबिन्दु समेत हो। उक्त घटना आइतबार साँझ ६:४० तिर भएको थियो। 

गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले ज्यान गुमाएकाका परिवारलाई ४ लाख रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित