२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्लूमबर्गले सार्वजनिक गर्‍यो विश्वका २५ धनीको सूची

२०७९, १५ कार्तिक मंगलवार ०९:५८

कात्तिक १५,  काठमाडौँ | ब्लूमबर्गले विश्वका २५ धनी व्यवसायिक घरानाको सूची सार्वजनिक गरेको छ।  तीमध्ये प्रमुख ५ जनाको सूची यसप्रकार रहेको छ:

२२४ अरब डलरको मालिक बालमार्ट चलाउने वाल्टन परिवार पहिलो नम्बरमा परेको छ। आम्दानी यति धेरै भएर पनि यो परिवार अमेरिकाको नर्थवेस्ट अर्कान्सास सहरमा बस्छ।

अमेरिकाकै मार्स परिवार दोस्रो नम्बरमा छ। यस परिवारको कुल सम्पत्ति १६० बिलियन डलर छ। मार्स परिवारको मुख्य व्यवसाय कन्फेक्शनरी र पेट केयर हो। यो संसारको सबैभन्दा ठूलो पेट केयर उत्पादन कम्पनी हो। अहिले मार्स परिवारको पाँचौं पुस्ताले कारोबार गरिरहेको छ।


तेस्रो नम्बरमा कोच इन्डस्ट्रियल घराना रहेको छ। यो परिवारको कुल सम्पत्ति १२८ अरब डलर छ। 

फ्रेडरिक कोचले पहिलो पटक १९४० मा 'वुड रिभर आयल र रिफाइनिङ कम्पनी'को स्थापना गरेका थिए। अहिले यो परिवारको पनि तेस्रो पुस्ताले नै व्यापार गरिरहेको छ।

साउदी अरबको अल साउद परिवार धनी व्यापारिक घरानाको सूचीमा चौथो नम्बरमा छ। यस परिवारको कुल सम्पत्ति १०५ अरब डलर छ। 

साउदी राजकुमार मोहम्मद बिन सलमानको नियन्त्रणमा १०० अरब डलरभन्दा बढीको व्यापारिक सम्पत्ति छ।

पाँचौं नम्बरमा फ्रान्सको हर्म्स परिवार छ। यस व्यवसायिक घरानाको कुल सम्पत्ति करिब ९५ अर्ब डलर रहेको छ।

यो सूचीमा छैटौं स्थानमा भारतको अम्बानी परिवार परेको छ। धीरुभाई अम्बानीले सन् १९५० को दशकमा रिलायन्स इन्डस्ट्रिजको स्थापना गरेका थिए। १९९५ मा, धीरुभाई अम्बानी यमनबाट फर्केर भारत आए र मुम्बईमा धागो व्यवसाय सुरु गरे।

अम्बानी परिवारको कुल सम्पत्ति हाल ८५ अर्ब डलर नजिक छ। २००२ मा धीरुभाई अम्बानीको मृत्यु पछि उनको व्यवसाय अनिल अम्बानी र मुकेश अम्बानीमा विभाजित भयो। अहिले अम्बानी परिवारको तेस्रो पुस्ता व्यवसायमा छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी