२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटावन भागदौड घटनामा कोरियाली अभिनेताको निधन

२०७९, १५ कार्तिक मंगलवार १०:२४

कात्तिक १५,  काठमाडौँ | इटावन भागदौडमा कोरियाली अभिनेता जिहानको पनि मृत्यु भएको पुष्टि

कोरियाली गायक तथा अभिनेता ली जिहान सप्ताहन्तमा दक्षिण कोरियाको सोलमा रहेको इटावन हेलोविन समारोहको दौरानमा भएको भागदौडमा ज्यान गुमाएका छन् । स्थानीय समाचार एजेन्सीले २९ अक्टोबरमा भएको उक्त भागदौडमा गायक तथा अभिनेता जिहानको २४ वर्षको उमेरमा मृत्यु भएको पुष्टि गरेका छन् ।


जिहानको परिवारले आफूहरु शोकमा रहेकाले गोपनियताको सम्मान गर्न आग्रह गरेको छ । ‘हामी अहिले शोकमा छौँ । यस कारण हामी सतर्क छौँ । भगवान जिहानलाई शान्ति दिउन ।’ परिवारद्वारा जारी विज्ञप्‍तिमा उल्लेख छ ।

जिहानले पहिलोपटक सन् २०१७ मा एमनेटको निर्माणका रहेको १०१ सिजन २ मा एक प्रतियोगीका रुपमा पाइला चालेका थिए । उनले विज्ञापनको ओभरडोजको कवरसँगै शोमा अडिसन दिएका थिए र पाँचौं भागपछि बाहिरिएका थिए ।

उनले सन् २०१९ मा वेब ड्रामा ‘टु वाज अदर नाम ह्यून डे’मा एक अभिनेताका रुपमा अभिनय सुरु गरेका थिए । शनिबार भएको भागदौडमा १ सय ५४ जनाको मृत्यु भएको थियो । यो घटना सोलको इटावनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल