५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्की, पाकिस्तान सहित यी १३ देशले दिँदैछन् कतार विश्वकपमा सुरक्षा

१५ कार्तिक २०७९, मंगलवार ११:४४

कात्तिक १५,  काठमाडौँ | कतारमा हुने २२ औं संस्करणको फिफा विश्वकप २०२२ मा १३ देशले सुरक्षा दिने भएका छन्। आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुने विश्वकपको सुरक्षा चुनौतीलाई लक्षित गर्दै विभिन्न १३ देशले सुरक्षाकर्मी कतार पठाएर सुरक्षा दिन लागेका हुन्।

विभिन्न देशबाट गरेर करिब १२ लाख फुटबल समर्थक कतार जाने अनुमान गरिएको छ। जसकारण थपिने सुरक्षा चुनौतीलाई लक्षित गर्दै कतार सेक्युरेटी फोर्ससँगै अन्य १३ देशका सुरक्षा फोर्सले सुरक्षा प्रदान गर्ने भएका हुन्। 

कतारको सुरक्षा फोर्सले आफूहरूलाई सहयोग गर्ने १३ देशका सुरक्षाकर्मीसँग ५ दिने अभ्याससमेत गरिसकेको अलजजिराले उल्लेख गरेको छ। यो अभ्यासले आपतकालीन सेवा प्रदानलाई चुस्त बनाउने र सुरक्षा प्रबन्ध मजबुत हुने विश्वास कतार सुरक्षा फोर्सले उल्लेख गरेको छ। 


प्रतियोगिता सुरक्षा कमिटीका अनुसार उक्त अभ्यासमा सरकारी पक्षका ३२ हजार र निजीतर्फ १७ हजार सुरक्षाकर्मी सहभागी भएका थिए। 

टर्कीले यसअघि नै कतार विश्वकपमा सुरक्षाकर्मी पठाउने बताइसकेको थियो। टर्कीले ३ हजार प्रहरी कतार पठाउने भएको छ। उनीहरूले होटल र रंगशालाकोे सुरक्षा गर्ने बताइएको छ।

टर्कीले नै स्पेसल अपरेशनतर्फका १०० जना प्रहरी र ५० जना बम स्पेसलिस्टका साथै ८० वटा तालिमप्राप्त कुकुरसमेत कतार पठाउने भएको छ।

त्यसैगरी, पाकिस्तानले पनि सुरक्षाकर्मी पठाएर कतारलाई सहयोग गर्ने भएको छ। फ्रान्सले समेत २२० जना सुरक्षाकर्मी कतार पठाउने निर्णय गरिसकेको अलजजिराले उल्लेख गरेको छ। 

मोरक्कोले पनि सुरक्षाकर्मी पठाएर सहयोग गर्ने भएको छ। कतार न्यूज एजेन्सीले मोरक्कोका सैनिकले क्वार्टरफाइनलदेखि फाइनलमा प्रयोग हुने रंगशालाको सुरक्षासम्बन्धी अभ्याससमेत गरिसकेको उल्लेख गरेको छ। 

यता, विश्वकपमा हुनसक्ने दुर्घटनाबाट सुरक्षित बनाउन बेलायतले पनि सहयोग गर्ने भएको छ । त्यसका लागि विशिष्ट सैनिक बल बेलायतले पठाउने जनाएको छ।

त्यस्तै साउदी अरेबिया, जर्मनी, पोल्याण्ड, इटाली, जोर्डन, कुवेत, स्पेन, प्यालेस्टाइन, अमेरिकालगायत १३ देशका ११ वटा मन्त्रालय र सैन्य तथा सैनिक बलको विश्वकपमा सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता