५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विहारमा छठ पूजाका क्रममा ५३ जनाको डुबेर मृत्यु

१६ कार्तिक २०७९, बुधबार १०:३९

कात्तिक १६, काठमाडौँ | भारतको पूर्वी राज्य विहारका विभिन्न भागमा छठ स्नानका क्रममा डुबेर ५३ जनाको  मृत्यु भएको छ । हिन्दु धर्मावलम्बीहरूको चार दिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा  गएका श्रद्धालुको  डुबेर मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्  । 


राज्यको विपद् व्यवस्थापन कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएअनुसार छठको अन्तिम दिन गत सोमबार १८ जना डुबेका थिए ।  विहारका मुख्यमन्त्री नीतिशकुमारले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारलाई क्षतिपूर्तिस्वरुप राज्यकोषबाट रू चार लाख उपलब्ध गराउने घोषणा गरेका छन् । उनले क्षतिपूर्ति बापतको रकम तत्काल पीडितका परिवारलाई प्रदान गर्ने व्यवस्था मिलाउन जिल्लाका सम्बद्ध अधिकारीलाई निर्देशन पनि दिएका छन् ।

प्रकाशको पर्व दीपावलीको अन्त्यसँगै भारतमा छठ पर्व प्रारम्भ हुन्छ । उत्तर एवम् पूर्वी भारतका हिन्दूहरूमा जलाशय तथा नदीमा स्नान गरी सूर्य भगवानको उपासना गर्ने प्रचलन छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता