पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक १७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले चितवनलाई आर्थिक राजधानी बनाउने वाचा गरेको छ । बिहीबार आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि वाचापत्र सार्वजनिक गर्दै रास्वपाले चितवनलाई आर्थिक राजधानी बनाउने प्रस्ताव अघि सारेको हो ।

चितवन-२ बाट रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन् । त्यसैले पनि चुनावी घोषणापत्रमा पार्टीले चितवनलाई विशेष प्राथमिकताका साथ राखेको देखिन्छ । वाचापत्रमा भनिएको छ, 'चितवनलाई नेपालको आर्थिक राजधानी बनाउन चाहिने कानुनी प्रावधान, लगानी, जनशक्ति,ऊर्जा आदि विभिन्न पक्षहरूलाई उच्च प्राथमिकता दिई काम गरिन्छ ।'

त्यसका लागि जोनिङ पद्धतिमार्फत चितवन सहरी योजनाको सुरुवात गरिने रास्वपाले जनाएको छ । त्यस्तै २५० मेगावाटको सोर्य ऊर्जा प्लान्ट स्थापना गरिने, वार्षिक एसिया व्यवसाय कन्फरेन्स गरिने, नेपालमा दोस्रो स्टक मार्केट स्थापना गरिने, हरित नारायणी करिडोर स्थापना तथा कर्पोरेट हेडक्वार्टर चितवन राख्ने संस्थालाई विशेष सहुलियत दिने रास्वपाले जनाएको छ ।