2026-06-29 08:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस वर्ल्ड जितेको २२ वर्षपछि प्रियंकाको उपाधि विवादमा, भारतको पक्षमा धाँधली भएको आरोप

कात्तिक १८, काठमाडौं | एजेन्सी | बलिउडकी देशीगर्लदेखि लिएर ग्लोबल स्टार बन्ने बिन्दुसम्म पुग्दा अभिनेत्री प्रियंका चोपडाले लामो यात्रा तय गरेकी छन् । उनी सन् २००० मा विश्व सुन्दरी समेत घोषित भइन् । तर मिस वर्ल्ड उपाधि जितेको २२ वर्षपछि पनि प्रियंका विवादमा तानिएकी छन् । उनको जितमा धाँधली भएको आरोप लगाइएको छ ।


यो आरोप पूर्वमिस बार्बाडोस लीलानी म्याक्कनेनले लगाएकी हुन् । उनले पनि प्रियंकासँगै मिस वल्र्डमा प्रतिस्पर्धा गरेकी थिइन् । उनले प्रियंका जितलाई मिलेमतो (फिक्स) भएको बताएर सनसनी मच्चाएकी छन् ।

लिलानीले २२ वर्षपछि किन लगाइन् आरोप ?

मिस युएसए ब्युटी पेजेन्ट, एक प्रतिस्पर्धीको जीतका कारण आजकाल निकै विवादमा छ । मिस टेक्सास आर’बोनी गेब्रिएलले मिस युएसए २०२२ टाइटल जितेपछि उनका थुप्रै साथी बधाई दिनुको साटो स्टेजबाट बाहिरिए । मिस युनिभर्सका आयोजकले यसबारे अनुसन्धान गरिरहेको छ र मिस युएसएका अध्यक्ष क्रिस्टल स्टिवर्टलाई सस्पेन्ड गरिएको छ ।

सोसल मिडियामा विवाद निकै भाइरल भइसकेको छ र मानिसहरुले सौन्दर्य प्रतियोगितालाई फिक्स भएको आरोप लगाउन थालेका छन् । यसैबीच पूर्व मिस बारबाडोस लिलानीले उनीसँगै मिस वर्ल्ड २००० मा भाग लिने मिस इन्डियालाई बढी नै प्राथमिकता दिइएको र उनी जित्ने पहिले नै निश्चित भएको आरोप लगाइन् ।

भारतीय स्पोन्सरले निश्चित गरेका थिए जीत

लिलानीले प्रियंकाको जीतमा आरोप लगाउँदै भनिन्, ‘तपाईंलाई याद दिआऊँ, गत वर्ष पनि मिस इन्डियाकै जीत भयो र त्यतिबेला पनि एक भारतीय इन्डियन केबल स्टेशन स्पोन्सर थियो ।’

उनले प्रियंकाबारे भनिन्, ‘उनले स्विमसुट राउन्डमा एउटा ड्रेस लगाएकी थिइन् । प्रियंका चोपडा एक्ली प्रतियोगी थिइन् जसलाई सारोंग (कम्मरमा बाँधेरै लगाइने स्कार्फजस्तो लुगाा) लगाउने अनुमति थियो । उनले आफ्नो स्किन टोन राम्रो बनाउनका लागि क्रिम लगाएको तर त्यसले राम्रोसँग काम नगरेका कारण उनलाई यस्तो गर्न छुट दिइएको बताइयो ।’


‘त्यसैले स्विमसुट राउन्डको जजमेन्टका बेला उनी एक ड्रेसमा थिइन् । यदि तपाईं एउटा सुन्दरी प्रतियोगितामा हुनुहुन्छ र कसैले तपाईंलाई फेभर गरिरहेको छ भने यसबारे तपाईं के गर्न सक्नुहुन्छ ? तपाईं उसैसँग जानुहुन्छ । आखिर तपाईं पनि जित्नै आउनुभएको हो ।’

लिलानीले भिडियोमा प्रियंकालाई अन्य कुनै पनि प्रतिस्पर्धीले मन नपराएको बताइन् । उनले थपिन्, ‘उनले जे पनि गर्थिन् त्यसमा आयोजकको पक्षपात देखिन्थ्यो । सीमा त त्यतिबेला नाघ्यो जब सबै युवती खाना खान एक स्थानमा आउँथे भने प्रियंकालाई उनको बेडमा पुर्याइन्थ्यो ।’

लिलानीले भनिन्, ‘प्रियंकालाई यस्ता पत्रकार सम्मेलन र फोटोसुटमा देखियो जसका लागि एशियाका मात्रै होइन, कुनै पनि युवतीलाई कहिल्यै पनि बोलाइएन । प्रियंकाको जित्नुभन्दा अघि नै समुद्रको किनारामा फोटोसुट भइरहेको थियो जबकी अन्य युवतीलाई बालुवामा अर्कातिर उभ्याइएको थियो । यतिमात्रै होइन, प्रियंकाको गाउन डिजाइन गर्ने डिजाइनरले सबैको ड्रेस बनाएका थिए तर प्रियंकाको ड्रेसको फिटिङ उत्कृष्ट थियो भने अरुको असाध्यै खराब ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी