२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

इमरान खानलाई गोली हान्ने नाविद अहमद को हुन् ?

१८ कार्तिक २०७९, शुक्रबार १०:३३

कात्तिक १८, काठमाडौं | सुहादराको मुस्लिमाबाद इलाकाको मस्जिद रजा वली गलीमा रहेको एउटा सानो घर छ जसलाई भित्र र बाहिरबाट अहिलेसम्म प्लास्टर गरिएको छैन । घर निर्माणाधीन छ । यो निर्माणाधीन घरमा नाविद अहमद आफ्ना दुई साना छोरा, बुढी आमा र श्रीमतीसँग बस्छन् ।

वजिराबादको यो क्षेत्र इमरान खानको लङ मार्चमा गोली चलेदेखि चर्चामा छ । किनभने प्रहरी हिरासतमा भएका कथित हमलाकर्ता नाविद अहमद यस क्षेत्रका रहेको बताइएको छ ।

जब तेहरिक–ए–इन्साफको लङ मार्चको कन्टेनर वजिराबादको अल्लाहवाला चोकमा पुग्यो, त्यहाँ अचानक गोलीबारी सुरु भयो, जसमा पूर्व प्रधानमन्त्री इमरान खानसहित केही व्यक्ति घाइते भए ।


त्यस लगत्तै पिटिआईका कार्यकर्ता कथित हमलाकर्ता नाविद अहमदतिर दौडिए जसलाई उनले फायरिङ गरिरहेको देखेका थिए र एक कार्यकर्ताले त गोलीबारीका बेला उनलाई रोक्ने कोसिससमेत गरेका थिए ।

नाविद अहमदलाई एलिट फोर्सले तुरुन्तै समातेर स्थानीय प्रहरी चौकीमा लग्यो ।

यस घटनामा हालसम्म कुनै मुद्दा दर्ता भएको छैन र प्रहरीले औपचारिक बयान जारी गरेको छैन । तर गुजरातको कुन्जा थानाभित्रबाट नाविद अहमदका थुप्रै भिडियो सार्वजनिक भएका छन् जसमा उनी इमरान खानमाथि हमलाको कुरा स्वीकारिरहेका छन् ।

यसपछि पञ्जाबका मुख्यमन्त्री चौधरी परवेज इलाहीले गोली चलाउने अभियुक्तको भिडियो बयान लीक भएकोमा सम्बोधन गर्दै सम्बन्धित प्रहरी कर्मचारीलाई निलम्बन गरेका छन् ।

र उनीहरुको मोबाइल फोन फरेन्सिक जाँचका लागि जफत गरिएको छ । जबकि आरपीओ गुजरातले भनेका छन्, ‘अभियुक्तलाई हिरासतमा लिइएको छ र अहिले नै अन्तिम बयान दिन सकिँदैन ।’

नाविद र उनको परिवार

सुहादरा चिनाब नदीको किनारमा अवस्थित छ । यो सघन जनसंख्या भएको सहर हो । यो सहरका हरेक परिवारमा कम्तीमा एकजना सदस्य वैदेशिक रोजगारीमा रहेको बताइन्छ ।

नाविद अहमदको जेठो छोरा करिब डेढ वर्षका छन् भने कान्छो छोरा १० दिन अघि मात्रै जन्मिएका छन् ।

उनीहरु बस्ने घर उनकी आमाले विरासतमा पाएकी हुन् जुन नाविदको भागमा परेको छ ।

स्थानीय पत्रकार अकील अहमद लोधीका अनुसार आरोपितले आफ्ना भाइहरूलाई अंश दिएर यो घर आफूसँग राखेका थिए ।

नाविद अहमदका पिता मोहम्मद बशीरको करिब १५ वर्षअघि निधन भएको थियो । उनका पिता बोरिङ गर्ने र कवाडीको काम गर्ने गर्थे ।

इमरान खानलाई गोली हान्ने नाविद अहमद को हुन् ?

बुबाले छोडेको काम उनका अरु दाजुभाइले पनि गरिरहेका थिए । प्लम्बिङको काम अहिले अलि आधुनिक भइसकेकाले अहिले उनीहरू बोरिङका लागि मेसिनको प्रयोग गर्छन् । नाविद अहमद साउदी अरबमा साढे चार वर्ष काम गरेर केही महिना अघि मात्रै फर्किएका हुन् ।

उनका एक छिमेकी अब्दुल्लाका अनुसार उनी चार–पाँच वर्षदेखि साउदी अरबमा बसेका थिए र त्यहाँ मजदुरी गर्थे । फर्किएपछि केही खास काम गरिरहेका थिएनन् । दाजुभाइलाई बोरिङ काममा सघाउँथे । यसबाहेक उनी कवाडीको काम पनि गर्थे ।

अब्दुल्लाले नाविद अहमद सुन्नी बरेलवी सम्प्रदायको बताए । उनी बेलाबेला मस्जिदमा नमाज पढ्न जान्थे ।

परिवार कस्तो छ ?

सुहदरा निवासी खालिद माजिदले उनको परिवार खासै धार्मिक नभएको बताए । उनले भने, ‘मैले उनीहरुलाई नियमित रूपमा प्रार्थना गरेको कहिल्यै देखेको छैन । यो एक सामान्य धार्मिक घर हो ।’

खालिद माजिदले थपे, ‘उसले गोली चलायो रे भन्ने सुनेर म छक्क परेँ किनभने उसले कसैलाई थप्पडसमेत हानेको देखेको छैन ।’

अर्को छिमेकी मोहम्मद अशरफलाई नाविद अहमद गाउँतिर कहिलेकाँही झगडा गर्थे त भनेर सोध्दा उनले भने, ‘अहँ, देखेको छैन । मैले उसलाई कहिले पनि कोहीसँग झगडा गरेको देखेको छैन । मैले उसलाई सधैँ काम गरिरहेको र घरमा नै बसिरहेको मात्रै देखेको छु ।’

स्थानीय बासिन्दा खालिद माजिदका अनुसार ‘उनी प्रायः मौन बस्ने मानिस थिए । उनी कहिल्यै झगडामा सामेल हुँदैनथे ।’

तर, एक छिमेकीले नाम नबताउने सर्तमा उनको धार्मिक झुकाव कुनै निश्चित समूहप्रति रहेको बताए । उनी स्थानीय मस्जिदमा हुने धार्मिक कार्यक्रममा सहभागी हुने गर्थे ।

मोहल्ला मुस्लिमाबादका बाबर हुसेन भन्छन्, ‘मलाई थाहा छैन कि उनी कुनै राजनीतिक वा धार्मिक संगठनसँग सम्बन्धित छन् । उनी साधारण मानिस थिए । आउँदा जाँदा अभिवादन गर्थे । ’

अर्का एक व्यक्तिले स्थानीय पत्रकार अकील अहमद खान लोधीलाई भने, ‘आरोपी नाविद अहमदको घर नजिकै डैफोडिल्स स्कूल छ, जहाँ केही दिनअघि एउटा कार्यक्रम आयोजना गरिएको थियो जसमा संगीत पनि प्रयोग गरिएको थियो । यस विषयमा नाविद अहमदको शेख पाहवा र विद्यालय प्रशासनसँग बहस पनि भएको थियो ।’ बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो