कात्तिक १९, एजेन्सी | सामाजिक सञ्जाल ट्विटरका मालिक एलन मस्कले आफ्ना ७ हजार ५ सय कर्मचारी मध्ये आधालाई हटाएका छन्। एएफपी अनुसार कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको हो।
मस्कले लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए। उनले कम्पनीले चार मिलियन डलर गुमाएकोले कर्मचारी कटौतीको विकल्प नरहेको बताएका छन्।
ट्विटरको खर्च कटौती गर्ने, निलो टिकबापत् मासिक ८ डलर शुल्क लिने र ट्विटरबाट किनमेललगायत दैनिक जीवनका धेरै काम गर्न सकिने सुपर एप बनाउने मस्कको योजना रहेको छ ।