2026-09-03 01:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शव वाहनमा आइन् दुलही, शवहरुको बीचमा गरिन् विवाह !

कात्तिक २०, काठमाडौँ | एक जोडीले विवाहका लागि यस्तो स्थल छानेका छन् जसले धेरैलाई अचम्मित बनाएको छ । एक जोडीले आफ्नो जीवनको सबैभन्दा विशेष पललाई त्यस्तो स्थानमा मनाए जहाँ धेरैजसो मानिसहरु अन्तिम संस्कारका लागि पुग्ने गर्छन् । यो जोडीले फ्युनरल होम (समाधि स्थल) मा नै विवाह गरे ।

मिरर डट को डट युकेका अनुसार याे घटना अमेरिकाको हो । क्यालिफोर्नियाको रिडलीमा बस्ने २७ वर्षकी नोर्मा निनोले २९ वर्षका एक्सेलसँग विवाह गरेकी छिन् । विवाहका लागि नोर्मा शववाहनमा पुगेकी थिइन् । उनीहरुले कफिनले घेरिएको स्थानमा विवाह गरेका हुन् ।

A hearse

साधारणतया अमेरिकामा विवाहका लागि दुलहीले सेतो गाउन लगाउने गर्छन् र अन्तिम संस्कारमा भाग लिन कालो पहिरन लगाउने गर्छन् । तर यो अचम्मको विवाहका लागि नोर्माले कालो लुगा लगाएकी थिइन् । तर विवाहमा सरिक धेरैजसो मानिसले यो अचम्मको वेडिङ थिममा हैरानी जताए । तर कफिन बनाउने काम गर्ने नोर्माले आफ्नो विवाहलाई ‘परफेक्ट’ बताइन् ।

Norma and Axel Nino

नोर्माले भनिन्, ‘मलाई समाधि स्थलमा नै विवाह गर्नुथियो । यो शहरको पहिलो यस्तो समाधि स्थल हो जसलाई महिलाले चलाउँछन् । यो मेरो जीवनको महत्वपूर्ण हिस्सा हो किनभने मैले यहाँ वर्षौँसम्म काम गरेकी छु । हेलोविन–थिम वेडिङ मेरा लागि परफेक्ट छ किनभने मलाई हेलोविन निकै मनपर्छ ।’

नोर्माले थपिन्, ‘मेरो परिवार अन्धविश्वासी छ , त्यसैले सुरुमा उनीहरु यस्तो विवाहका लागि डराएका थिए । तर विवाहको दिन सबै मानिसहरुले मलाई भने कि मेरो विवाहकै कारण उनीहरुले एक भिन्न तरिकाको विवाह अनुभव गर्न पाए ।’

Norma and Axle Nino

खास कुरा यो पनि हो कि विवाहका लागि नोर्माले सबै पाहुनालाई १९३० को दशकको स्टाइलमा कस्ट्युम लगाएर आउन भनेकी थिइन् ।

नोर्मा र एक्सेलको अगस्ट २०१८ मा पहिलो पटक टिन्डरमा भेटेका थिए । दुई वर्षको डेटिङपछि एक्सेलले नोर्मालाई प्रस्ताव गरे । त्यसपछि यी दुईले अक्टोर २०२२ मा विवाह गरे ।

सुरुमा यो जोडीले योजमाइट नेशनल पार्कमा विवाह गर्ने योजना बनाएका थिए । तर नार्मासँग अर्को योजना पनि थियो । उनले भनिन्, ‘सुरुमा एक्सेल भेन्यूका लागि पक्का थिएनन् । तर विवाहको केही महिना अघि मात्रै उनी समाधि स्थलमा विवाहका लागि तयार भए । तर विवाहका दिन एक्सेलले भने, ‘हामीले सही निर्णय लियौँ ।’’

Norma and Axel Nino on their wedding day

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही