2026-06-29 10:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफूलाई मार्ने योजनामा प्रधानमन्त्री नै संलग्न भएको इमरान खानको आरोप

एजेन्सी | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शहबाज शरीफ उनको हत्या प्रयासको षडयन्त्रमा संलग्न भएको आरोप लगाएका छन् । बिहीबार राजनीतिक र्‍यालीमा गोली लागेर अस्पतालमा उपचार गराइरहेका खानले अस्पतालबाट भिडियो सन्देश जारी गर्दै ‘प्रधानमन्त्री शेहबाज शरिफ, गृह मन्त्री राना सनोल्लाह र एक शीर्ष सैन्य कमाण्डरले उनलाई मार्ने निर्णय गरेको’ बताए । साथै उनले त्यस दिन दुई बन्दुकधारी रहेको पनि बताए ।


तर पाकिस्तान सरकारले भने खानको दाबीलाई खण्डन गरेको छ । उसका अनुसार खानमाथि बन्दुक हान्ने व्यक्ति धार्मिक अतिवादबाट प्रभावित अतिवादी भएको बताएको छ । पाकिस्तानको सेनाको मिडिया शाखाले पनि पूर्व खानको आरोपलाई ‘आधारहीन र गैरजिम्मेवारपूर्ण’ भनेको छ । ‘पाकिस्तान सरकारलाई यस विषयमा अनुसन्धान गर्न र कुनै प्रमाण बिना संस्था र यसका अधिकारीविरुद्ध भएको मानहानिका लागि जिम्मेवार व्यक्तिलाई कानुनी कारबाही गर्न अनुरोध गरिएको छ,’ सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन्सले एक विज्ञप्तिमा भनेको छ ।

गृहमन्त्री सनोल्लाहले पनि खानको आरोप अस्वीकार गर्दै गठबन्धन सरकारले स्वतन्त्र छानबिनको माग गरेको बताए । त्यस्तै प्रधानमन्त्री शरिफले पनि पूर्व प्रधानमन्त्रीमाथि भएको गोलीबारीको निन्दा गर्दै छानबिनको आदेश पनि दिए ।

खान चढेको साधनमाथि भएको आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै कम्तीमा १० जना घाइते भएका थिए । ७० वर्षीय पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टार खानले गत हप्तादेखि लाहोरदेखि इस्लामावादसम्म र्‍यालीको नेतृत्व गरिरहेका छन् ।

भिडियो सन्देशमा ह्वीलचेयरमा बसेका देखिएका खानको देब्रे खुट्टामा भारी पट्टी बाँधिएको थियो । एक घण्टाभन्दा बढी समयसम्म बोल्ने क्रममा उनले सरकार र सैन्य प्रतिष्ठानविरुद्ध आक्रोश पोखे । साथै उनले आफू निको भइसकेपछि इस्लामावादतर्फको लङ मार्च पुनः सुरु गर्ने उनले बताए । इमरानले आफूले आक्रमणमा संलग्न भनेका व्यक्तिको राजीनामा मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी