१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्न वर्ल्डलिङ्कको सहयोग

२० कार्तिक २०७९, आईतवार १६:१९

कात्तिक २०, काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना हुदैं छ। देशकै ठूलो इन्टरनेट सेवाप्रदायकले पुल्चोक क्याम्पस -ईन्जिनियरिङ अध्ययन संस्थान_को  इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, र कम्प्युटर इन्जिनियरिङ विभागका छाता संगठन, लोकसद्वारा स्नातक विद्यार्थीहरूको नेतृत्वमा देशका सातै प्रदेशका ५० विद्यालयमा यस्तो कार्यक्रम आयोजना गर्दै छ।

कात्तिक २० देखि २६ गतेसम्म सञ्चालन हुने यो सचेतना कार्यक्रममा कक्षा ८ देखी १० मा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी लक्षित हुनेछन्। यस सचेतना अभियानका क्रममा बालबालिकालाई इन्टरनेटको सुरक्षित प्रयोग, साइबर बुलिङ, फिशिङ, अनलाइनमा सुरक्षित रहने तरिका, लगायतका विषयमा ज्ञान दिईनेछ। साथै आवश्यक स्रोत साधनको सरलीकरण  र व्यवस्था गरि यस अभियानमा सम्बन्धित क्षेत्रमा रहेका वर्ल्डलिङ्कको शाखाले सहजीकरण गरेका छन् ।

देशको प्रमुख इन्टरनेट सेवाप्रदायकको  हैसियतले बालबालिकाको अनलाइन सुरक्षालाई प्राथमिकतामा राखिएको वर्ल्डलिङ्कका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताएका छन् ।‘‘वर्ल्डलिङ्क इन्टरनेट एकेडेमी’ अन्तर्गत यस सचेतना अभियानलाई प्रायोजन गरेको हो जसमा आगामी दिनहरुमा डिजिटल साक्षरताका कुराहरुसंगै इन्टरनेटका महत्वपुर्ण बिषयबस्तुहरु पनि समावेश गरिने छ। यस कार्यक्रमलाई साथ दिदैं चाइल्ड सेफ नेट नामक संस्थाले आवश्यक सचेतनामूलक सामग्री तयार पार्न सहयोग गरेको छ। साथै लोकसको तर्फबाट कूल ५० जना कार्यक्रमका लागि परिचालित भई हरेक विद्यालयमा दुई घण्टाको सचेतना कार्यक्रम सञ्चालन गरिने लोकसका इभेन्ट म्यानेजर विपिन खनालले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन