2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘निर्वाचनको बेला सञ्चार माध्यम झनै अन्तरक्रियात्मक हुनुपर्छ’

कात्तिक २२, काठमाडौँ । प्रेस काउन्सिल र नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरूले निर्वाचनका समयमा सञ्चार माध्यम उम्मेदवार र दलका विषयमा अन्तरक्रियात्मक हुनुपर्ने सुझाव दिएका छन् । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता अनुगमन सुझाव समितिसँग गरेको छलफलमा विज्ञहरूले प्रेस काउन्सिलले सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीको सन्तुलन, निष्पक्षता लगायतमा अनुगमन गर्नुपर्ने बताए ।

छलफलमा बोल्दै काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष सोमनाथ घिमिरेले सञ्चार माध्यमले उम्मेदवार र दलका विषयमा दिने सामग्री एकोहोरो र भ्रमपूर्ण हुन नहुने बताउनुभयो । मतदातालाई सही उम्मेदवार छनोटका लागि सञ्चार माध्यमका सामग्रीले सघाउनुपर्ने उहाँको भनाई थियो । घिमिरेले नेपालका सञ्चार माध्यमले चुनावका बेला गर्ने मत सर्वेक्षणको विधि र मापदण्ड प्रष्ट हुनुपर्ने बताउनुभयो ।

यस्तै नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष किशोर नेपालले काउन्सिलले जारी गर्ने आचारसंहितामा परिमार्जनसहित अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सञ्चार माध्यमलाई आचारसंहिताको परिधिमा रहेर अन्तरक्रियात्मक गराउन काउन्सिलले भूमिका खेल्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा बोल्दै काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले पत्रकारलाई स्वनियमनमा रहन र आचारसंहिता पालनामा सजग रहन सतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले काउन्सिललाई स्रोत साधन सम्पन्न गराउन आवश्यक रहेको भन्दै काउन्सिल सञ्चार माध्यम र पत्रकारको अभिभावक रहेको स्मरण गराउनुभयो ।

काउन्सिलका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सञ्चार माध्यममा सन्तुलित सामग्री सम्प्रेषणका लागि सर्वप्रथम पत्रकारलाई नै सजग बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चार माध्यमले गर्ने मत सर्वेक्षण पत्रकार आचारसंहिताको विपरित भए÷नभएको अनुगमन गरी आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति बिष्णु निष्ठुरीले पत्रकार र सञ्चार माध्यम अराजक हुनसक्नेतर्फ सचेत रहँदै काउन्सिलले जिम्मेवार प्रेसका लागि निरन्तर भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । सञ्चार माध्यमले स्वतन्त्र र स्वच्छन्दताको सीमा नाघ्न नहुने उहाँको भनाई थियो ।


नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दाहालले निर्वाचनको समयमा जति धेरै अन्तरक्रिया हुन सक्यो त्यति नै सही उम्मेदवार निर्वाचित हुने भन्दै सञ्चार माध्यमले पूर्वाग्रहरहित रूपमा उम्मेदवार र दलका विषयमा मतदातालाई सुसूचित गर्नुपर्ने बताउनुभयो । उहाँले प्रेस काउन्सिलले सञ्चार माध्यमबाट सम्प्रेषित साम्रगीको सत्यता, पक्षधरता, पुनरावृत्ति, दुष्प्रचारयुक्त आदि विषयमा अनुगमन केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै महासङ्घका पूर्वअध्यक्ष डा. महेन्द्र बिष्टले सञ्चार माध्यमले चुनावका सन्दर्भमा स्वतन्त्र बहस चलाउन सक्नुपर्ने बताउनुभयो । निर्वाचनका समयमा दल र उम्मेदवारका विषयमा सामग्री सम्प्रेषणमै रोक लगाउन नहुने भन्दै बिष्टले स्वतन्त्र बहसबाट मतदातालाई स्पष्ट पार्नु मिडियाको दायित्व भएको उल्लेख गर्नुभयो ।

महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा सञ्चार माध्यमको आफ्नै निर्देशिका आवश्यक रहेको बताउनुभयो । उहाँले निर्वाचन आयोगले बनाएको आचारसंहिता प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्नेगरी लागु भएको भन्दै सञ्चार माध्यममा निष्पक्ष बहस हुन रोक्न नहुने बताउनुभयो । सञ्चार माध्यममा जति धेरै सम्पादकीय स्वतन्त्रताको उपयोग हुन सक्यो उति नै धेरै प्रेस स्वतन्त्रताको रक्षा हुने उहाँको भनाई थियो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले गर्ने अनुगमनका सन्दर्भमा सरोकारवालाको सुझाव महत्वपूर्ण भएको बताउनुभयो । उहाँले सरोकारवाला तथा विज्ञको सुझावको आधारमा काउन्सिल अघि बढ्ने भन्दै स्वतन्त्र प्रेसको रक्षा र सञ्चार माध्यमलाई आचारसंहिताको पालनामा जिम्मेवार बनाउन काउन्सिल सधैँ सक्रिय रहने प्रष्ट पार्नुभयो ।

काउन्सिलले सञ्चार माध्यममा नियमित अनुगमनका साथै निर्वाचन लक्षित गरी वस्तुगत र विषयगत अनुगमन गरिररहेको छ ।

काउन्सिलको कात्र्तिक ६ गते बसेको बोर्ड बैठकले निर्वाचन अनुगमनलाई देशव्यापी र प्रभावकारी बनाउन अध्यक्ष बस्नेतको संयोजकत्वमा दुवै संस्थाका पूर्व अध्यक्ष सम्मिलित आचारसंहिता अनुगमन सुझाव समिति गठन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक