2026-09-08 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैज्ञानिकहरुले प्रयोगशालामा बनाए डुप्लिकेट रगत, विरामीका लागि सञ्जवनी हुने

कात्तिक २३, काठमाडौँ | रगतका विषयमा वैज्ञानिकहरुले गरेको नयाँ खोज कुनै जादूभन्दा कम छैन । बेलायती वैज्ञानिकहरुले संसारमै पहिलोपटक दुईजविचिना व्यक्तिलाई प्रयोगशालामा तयार पारिएको रगत चढाएका छन् । यद्यपि यो प्रयोगशालामा उत्पादित रगतको पहिलो क्लिनिकल परीक्षण हो, जसको सफलता रगतसँग सम्बन्धित रोगसँग जुधिरहेका बिरामीहरुका लागि सञ्जिवनी बुटी सावित हुनेछ ।

साथै दुर्लभ रक्त समूह भएका मानिसहरुका लागि समेत यो निकै उपयोगी हुनेछ । दुर्लभ ब्लड ग्रुप भएका मानिसहरुका लागि सहजै रगत प्राप्त हुँदैन । जसका कारण कहिलेकाहीँ बिरामीहरुको मृत्यु पनि हुने गर्दछ ।नेसनल इन्स्टिच्यूट अफ हेल्थ एण्ड केयर रिसर्चका शोधकर्ताहरुले प्रयोगशालामा रगत उत्पादनका लागि स्वयंसेवी रक्तदाताको स्टेम कोशिकाको प्रयोग गरेका थिए । त्यसरी तयार पारिएको रगत दुईजना स्वयंसेवकमा ५ देखि १० मिलिलिटर सम्म चढाइएको छ ।

प्रयोगशालामा तयार भएका रक्त कोशिकाहरुले प्राकृतिक रगतमा हुने रक्तकोशिकाले भन्दा पनि राम्रोसँग काम गर्ने अपेक्षा वैज्ञानिकहरुको छ । ब्रिस्टल विश्वविद्यालयका प्राध्यापक एशले टोयका अनुसार स्टेम कोशिकालाई रक्त कोशिकामा परिणत गर्नेतर्फ यो प्रयोग एक ठूलो कदम हुनेछ । प्रयोगशालामा निर्मित रगत चढाइएका दुईजना व्यक्तिको निरन्तर निगरानी जारी राखिएको छ । उनीहरु दुवैजनामा अहिलेसम्म कुनैपनि साइड इफेक्ट देखिएको छैन र पूर्णरुपमा स्वस्थ छन् । यो परीक्षणका लागि चार महिनाभित्रमा कम्तिमा १० जनामा दुईपटक उक्त रगत चढाइनेछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित