१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ब्लू टिक’का लागि मात्र होइन, सबै ट्वीटर प्रयोगकर्ताले तिनुपर्ने हुनसक्छ पैसा

२३ कार्तिक २०७९, बुधबार १०:५४

कात्तिक २३, काठमाडौँ | ट्वीटरमा धेरै परिवर्तनहरू भइरहेका छन्। यसअघि ब्लू टिक प्रयोगकर्ताले शुल्क तिनुपर्ने खबर आएको थियो। अब अर्को नयाँ खबर आएको छ, जसमा सबै प्रयोगकर्ताले ट्वीटर चलाउन पैसा तिर्नुपर्ने हुनसक्ने बताइएको छ।

ट्वीटरका सीईओ एलन मस्कले पछिल्लो समय ट्वीटरका बारेमा धेरै निर्णयहरू लिएका छन्। तर, यदि सबै प्रयोगकर्ताले पैसा तिर्ने व्यवस्था गरिएमा यसबाट ट्वीटरलाई नै घाटा हुने देखिएको छ। प्लेटफर्मरको एक रिपोर्टका अनुसार मस्कले धेरै प्रयोगकर्ताहरूबाट सदस्यता शुल्क लिने योजना बनाइरहेका छन्।


अधिकांश वा सबै प्रयोगकर्ताहरूले ट्वीटर प्रयोग गर्दा पैसा तिनुपर्ने हुनसक्ने समाचारमा उल्लेख छ। यद्यपि भेरिफिकेसनका लागि छुट्टै सदस्यस्ता शुल्क पनि तिर्नुपर्नेछ। ट्वीटरले भेरिफिकेसन भएका प्रयोगकर्तालाई अन्य अतिरिक्त सुविधासमेत दिने बताउँदै आएको छ।

बैठकमा योजनाबारे छलफल

प्रयोगकर्ताहरूले एक महिनामा सीमित समयका लागि मात्र ट्वीटर प्रयोग गर्न सक्ने र समय समाप्त भएपछि कम्पनीले निर्धारण गरेका प्लानहरू लिनुपर्ने विषयमा हालै कम्पनीका कर्मचारीसँगको भेटमा छलफल भएको समाचारमा उल्लेख छ।

यसरी प्लान लिएपछि मात्र प्रयोगकर्ताले असीमित समयका लागि ट्वीटर प्रयोग गर्न सक्नेछन्। यो योजना कार्यान्वयनको बारेमा भने छलफलले निर्णय नगरिसकेको बताइएको छ। मस्कले पनि यसबारे सार्वजनिक रूपमा बताएका छैनन्।

अहिले ट्वीटरका इन्जिनियरहरू भेरिफिकेसनको सब्सक्रिप्सनका काम गरिरहेका छन्। यदि सबै प्रयोगकर्तासँग पैसा लिने योजना बनाएको भए पनि त्यो तत्कालै हुने देखिँदैन। ट्वीटरले हालै केही देशहरूमा भेरिफिकेसनका लागि पैसा लिने योजना लागू गरिसकेका छन्।

सबै देशमा यो सुविधा लागू गर्न अझै एक महिना लाग्ने मस्कले यसअघि नै बताइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन