२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ब्लू टिक’का लागि मात्र होइन, सबै ट्वीटर प्रयोगकर्ताले तिनुपर्ने हुनसक्छ पैसा

२०७९, २३ कार्तिक बुधबार १०:५४

कात्तिक २३, काठमाडौँ | ट्वीटरमा धेरै परिवर्तनहरू भइरहेका छन्। यसअघि ब्लू टिक प्रयोगकर्ताले शुल्क तिनुपर्ने खबर आएको थियो। अब अर्को नयाँ खबर आएको छ, जसमा सबै प्रयोगकर्ताले ट्वीटर चलाउन पैसा तिर्नुपर्ने हुनसक्ने बताइएको छ।

ट्वीटरका सीईओ एलन मस्कले पछिल्लो समय ट्वीटरका बारेमा धेरै निर्णयहरू लिएका छन्। तर, यदि सबै प्रयोगकर्ताले पैसा तिर्ने व्यवस्था गरिएमा यसबाट ट्वीटरलाई नै घाटा हुने देखिएको छ। प्लेटफर्मरको एक रिपोर्टका अनुसार मस्कले धेरै प्रयोगकर्ताहरूबाट सदस्यता शुल्क लिने योजना बनाइरहेका छन्।


अधिकांश वा सबै प्रयोगकर्ताहरूले ट्वीटर प्रयोग गर्दा पैसा तिनुपर्ने हुनसक्ने समाचारमा उल्लेख छ। यद्यपि भेरिफिकेसनका लागि छुट्टै सदस्यस्ता शुल्क पनि तिर्नुपर्नेछ। ट्वीटरले भेरिफिकेसन भएका प्रयोगकर्तालाई अन्य अतिरिक्त सुविधासमेत दिने बताउँदै आएको छ।

बैठकमा योजनाबारे छलफल

प्रयोगकर्ताहरूले एक महिनामा सीमित समयका लागि मात्र ट्वीटर प्रयोग गर्न सक्ने र समय समाप्त भएपछि कम्पनीले निर्धारण गरेका प्लानहरू लिनुपर्ने विषयमा हालै कम्पनीका कर्मचारीसँगको भेटमा छलफल भएको समाचारमा उल्लेख छ।

यसरी प्लान लिएपछि मात्र प्रयोगकर्ताले असीमित समयका लागि ट्वीटर प्रयोग गर्न सक्नेछन्। यो योजना कार्यान्वयनको बारेमा भने छलफलले निर्णय नगरिसकेको बताइएको छ। मस्कले पनि यसबारे सार्वजनिक रूपमा बताएका छैनन्।

अहिले ट्वीटरका इन्जिनियरहरू भेरिफिकेसनको सब्सक्रिप्सनका काम गरिरहेका छन्। यदि सबै प्रयोगकर्तासँग पैसा लिने योजना बनाएको भए पनि त्यो तत्कालै हुने देखिँदैन। ट्वीटरले हालै केही देशहरूमा भेरिफिकेसनका लागि पैसा लिने योजना लागू गरिसकेका छन्।

सबै देशमा यो सुविधा लागू गर्न अझै एक महिना लाग्ने मस्कले यसअघि नै बताइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै