2026-08-22 08:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाम २ मा नेम्वाङ, खड्का र पालुङ्वाबीच त्रिकोणात्मक प्रतिस्पर्धा

कात्तिक २४, मङ्गलबारे | नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं २ बाट आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुुनुहुन्छ । उहाँ पाँचौ पटक आगामी निर्वाचनका लागि प्रतिस्पर्धामा उत्रिनुभएको हो  । 

नेम्वाङले विसं २०५६ देखि लगातार चुनाव जित्दै आउनुभएकामा  गत निर्वाचनमा वाम गठबन्धनको सहयोगमा नेपाली कांग्रेसका उम्मेदवार केशव थापालाई करिब साढे नौ हजार मतान्तरले पराजित गर्नुभएको थियो । 

गत स्थानीय तहको निर्वाचनमा इलाम क्षेत्र नं २ मा वडाध्यक्षको मत एमालेकोभन्दा कांग्रेसको बढी देखिन्छ । त्यसमा सरकारमा रहेका गठबन्धन दलको मतसमेत थपिन सक्छ । उक्त चुनावमा वडाध्यक्षले पाएको मत ३२ हजार नौ सय ७८ कांग्रेस पक्षको हुँदा एमालेसँग ३२ हजार पाँच सय २७ छ । नेकपा माओवादी केन्द्रको दुई हजार सात सय १७, जसपाको पाँच सय ५४, एकीकृत समाजवादीको दुई सय ७७ र राप्रपाको एक सय ३० मत छ । 

नेम्वाङसँग सत्तारुढ गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का प्रतिस्पर्धी हुनुहुन्छ । नेम्वाङको राष्ट्रिय राजनीतिमा आफ्नै पहिचान छ भने खड्का गरिब र विपन्नलाई आर्थिक सहयोग गर्दै आउनुभएको समाजसेवीका रुपमा परिचित हुनुहुन्छ । खड्का प्रतिनिधिसभासदस्यको निर्वाचनमा पहिलो पटक चुनाव लड्दै हुनुहुन्छ । 

नेपाल विद्यार्थी सङ्घबाट राजनीति यात्रा प्रारम्भ गर्नुभएका खड्का नेविसङ्घको केन्द्रीय उपाध्यक्ष, जिल्ला कोषाध्यक्ष हुँदै जिल्ला सभापति बन्नुभयो । यसअघि २०७४ को चुनावमा इलाम क्षेत्र नं २ कै १ बाट प्रदेशसभामा प्रतिस्पर्धी बन्नुभएका उहाँले मुख्य प्रतिस्पर्धीसिँग पराजित हुनुभएकोे थियो । एमालेका राम रानासँग पराजित खड्काले यसपटक प्रतिनिधिसभामा विजय हासिल गर्ने जिकिर  गर्दै आउनुभएको छ । यो क्षेत्रको प्रदेशसभा १ मा नेपाली कांग्रेसबाट र २ मा माओवादी केन्द्रबाट उम्मेदवार उठाइएको छ । 

कानुन व्यवसायी, मन्त्री, सभामुख र संविधानसभा अध्यक्ष हुनुभएका उहाँले गत निर्वाचनमा ३६ हजार पाँच सय १७ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी कांगे्रसका उम्मेदवार केशव थापाले २६ हजार आठ सय ६५ मत प्राप्त गर्नुभएको थियो । उहाँले विद्युत्, सडक, स्वास्थ्य, शिक्षालगायतका कुरा जोडेर नै मत माग्नु परिरहेको छ । 

नेम्वाङको निर्वाचन क्षेत्रमा इलाम नगरपालिकाको १० नम्बर वडाबाहेक देउमाई नगरपालिका, माई नगरपालिकाको वडा नं ६, ७ र ८ सहित चुलाचुली, माङ्सेबुङ र फाकफोथुम गाउँपालिका पर्दछ । यसै निर्वाचन क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद पालुङ्वा (केपी) ले समेत यसै निर्वाचन मनोनयन दर्ता गराउनुभएको छ । सोही निर्वाचन क्षेत्रमा रहेको माङ्सेबुङ गाउँपालिकामा किराँत धर्म गुरुको बसोबास छ । 

इलाम क्षेत्र नं २ मा एक लाख १५ हजार पाँच सय ३५ मतदाता छन् । जसमा ५८ हजार, सात सय ८४ महिला, ५६ हजार पाँच सय ५६ पुरुष र अन्य दुई छन् । 

अबको निर्वाचनमा विकासप्रेमी नेतालाई मत दिने मतदाता टेकराज पौडेलले बताउनुहुन्छ । पहिलो पटक प्रदेश र प्रतिनिधिसभा सदस्यको लागि निर्वाचनमा मत दिन लाग्नुभएका उहाँ जनप्रतिनिधिले जनताको आवाज सुन्न सक्नुपर्ने बताउनुहुन्छ । 

निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित १४ उम्मेदवार प्रतिस्पर्धी छन् । प्रदेशसभातर्फ क्षेत्र नं २ को (१) मा आठ र इलाम (२) मा १ स्वतन्त्रसहित आठ उम्मेदवार छन् । जिल्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस बिपी, जसपा एवं स्वतन्त्र उम्मेदवारलेसमेत मनोनयन दर्ता गराउनुभएको छ । एमालेसँग चुनावमा तालमेल गरेको जनता समाजवादी पार्टीका तर्पmबाट समेत इलाममा मनोनयन दर्ता भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो