2026-09-08 02:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाजी थापेरै एक व्यक्तिले जिते १० अर्ब रुपैयाँ

कात्तिक २४, काठमाडौँ | एकजना अमेरिकी सट्टेबाजले बेसबल खेलमा बाजी थापेर एकैपटकमा करिब १० अर्ब रुपैयाँ जितेका छन् । ती सट्टेबाज यतिविघ्न जुवाडे हुन् कि उनले यसअघि यस्तै बाजी थापेर ४० करोड रुपैयाँ रकम हारेका थिए । एउटै सट्टेबाजीमा १० अर्ब जितेको घटनालाई खेलकुद इतिहासकै सबैभन्दा महंगो सट्टेबाजी मानिएको छ ।

अमेरिकी नागरिक जिम म्याकइंगभेल खेलकुदमा सट्टेबाजीका लागि निकै चर्चित नाम हो । फर्निचर स्टोरका मालिक रहेका जिम म्याट्रेस म्याकको नामले पनि चिनिन्छन् । उनले हालै सट्टेबाजी अर्थात् बेटिङबाट अर्बौँ रुपैयाँ हात पारेका छन् । गत शनिबार अमेरिकाको बेसबल टिम ह्युस्टन एस्ट्रोसले वर्ल्ड सिरिजको स्पर्धा जित्यो । उक्त जितले सट्टेबाज जिमको भाग्य खोलिदियो ।

ह्युस्टनले पछिल्लो ६ वर्षमा दोश्रो पटक वर्ल्ड सिरिज जित्यो । त्यसको फाइदा बेसबल टिम र त्यसका खेलाडिलाई त भयो नै । टिमसँग कुनै साइनो नभएका सट्टेबाज जिमले ७ करोड ५० लाख अमेरिकी डलर कमाए ।

उनले बाजी थापेर कमाएको ७५ मिलियन डलर रकमको ब्रिफकेस सहितको तस्वीर ट्वीट गरेका छन् । अनौठो त के भने गतवर्ष पनि सोही टिमले वर्ल्ड सिरिज जित्छ भनेर बाजी थापेका मेट्रेस म्याकले त्यतिबेला करीब ४० करोड रुपैयाँ बराबरको रकम हारेका थिए ।

सट्टेबाजीमा करीब १० अर्ब रुपैयाँ जितेपछि म्याकले आफ्नी पत्नी र ह्युस्टनबासीप्रति आभार व्यक्त गरेका छन् । आफूले बाजी जितेको पछिल्लो हप्ताको बारेमा बयान गर्न आफूसँग कुनै शव्द नै नरहेको उनको भनाई छ । आफूलाई उक्त रकम ह्युस्टनबासीको भलाईका लागि खर्च गर्ने उनले बताएका छन् ।

यसैबीच स्पोर्टस् बेटिङ एनालिटिक्स कम्पनी फर्म एक्सन नेटवर्कले म्याट्रेस म्याकले जितेको उक्त रकम खेलकुदको सट्टेबाजीको इतिहासमा सबैभन्दा ठूलो धनराशी भएको जनाएको छ ।

सट्टेबाजीमा जितेको अर्बौँ रकम उनले परोपकारी कार्यका अतिरिक्त आफ्नो फर्निचर स्टोरको विस्तारका लागि प्रयोग गर्ने बताएका छन् ।

म्याट्रेस म्याकले बेसबलसँगै फुटबल, बास्केटबल, हर्स रेसिङ लगायतका खेलकुदमा सट्टेबाजी गर्ने गरेका छन् । गत अप्रिलमा नले युनिभर्सिटी अफ कान्समा बास्केटबल स्पर्धामा बाजी थापेर करीब २ अर्ब रुपैयाँ जितेका थिए भने फेब्रुअरीमा १ अर्ब ३० करोड रुपैयाँ बराबरको रकम त्यसैगरी हारेका थिए । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित