2026-09-08 02:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोनाल्डोसहित पोर्चुगलको विश्वकप खेल्ने टिम सार्वजनिक,को को छन् टिममा?

कात्तिक २५, काठमाडौँ | कतारमा ९ दिनपछि सुरु हुने फिफा विश्वकपका लागि पोर्चुगलको २६ सदस्यीय टिम घोषणा भएको छ। बिहीबार राति घोषणा भएको टिमको नेतृत्व गर्ने क्रिस्टियानो रोनाल्डोले पाँचौं विश्वकप खेल्दैछन्।

Cristiano Ronaldo plays on the stacked team - UK Sports News

कतारमा ९ दिनपछि सुरु हुने फिफा विश्वकपका लागि पोर्चुगलको २६ सदस्यीय टिम घोषणा भएको छ। बिहीबार राति घोषणा भएको टिमको नेतृत्व गर्ने क्रिस्टियानो रोनाल्डोले पाँचौं विश्वकप खेल्दैछन्।

रोनाल्डोको टिममा बर्नार्डो सिल्भा, ब्रुनो फर्नान्डेज, जुवाओ फेलिक्स जस्ता क्षमतावान् खेलाडी पनि छन्। यद्यपि, जोसे फोन्ट, गोन्कालो गुइडेज, रेनाटो सान्चेज र जुवाओ माउटिन्हो भने टिममा परेका छैनन्।

लिभरपुलका फरवार्ड डिएगो जोटाले भने चोटका कारण विश्वकप गुमाउने निश्चित भइसकेको छ।

समूह ‘एच’मा परेको पोर्चुगलले नोभेम्बर २४ मा घानासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ। नोभेम्बर २९ मा उरुग्वे तथा डिसेम्बरमा दक्षिण अफ्रिकासँग समूह चरणको अन्तिम खेल खेल्नेछ।

पोर्चुगिज टिम

गोलकिपर : डिएगो कोस्टा, रुइ पेट्रिसियो, जोसे सा

डिफेन्डर : डिएगो डालोट, ड्यानिलो परेरा, जुवा कान्सेलो, एन्टोनियो सिल्भा, पेपे, रुबेन डियाज, नुनो मेन्डिज, राफाएल गुरेरो

मिडफिल्डर : विलियम कार्भाल्हो, रुबेन नेभेस, ओटाभियो मोन्टेइरो, बर्नार्डो सिल्भा, म्याथ्युज नुनेज, ब्रुनो फर्नान्डेज, जुवाओ मारियो, जुवाओ पालिन्हा, भिटिन्हा

फरवार्ड : एन्ड्रे सिल्भा, रिकार्डो होर्टा, क्रिस्टियानो रोनाल्डो, जुवाओ फेलिक्स, राफाएल लियो, गोल्कालो रामोस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित