भदौ  ३०,  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ  ३०, 
२९ मंसिर २०८२, आईतवार
अर्थ/विकास

बैतडीमा पहिलोपटक सडक सौर्यबत्ती

३० भाद्र २०७३, बिहीबार ०४:५२

भदौ  ३०, बैतडी । बैतडी सदरमुकाममा पहिलोपटक सडक सौर्यबत्ती जडानको कार्य सम्पन्न भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र दशरथचन्द नगरपालिकाको समन्वयमा ऊर्जा ट्रेडर्स प्रालि धनगढीले सडक सौर्यबत्ती जडान गरेको हो । 

पहिलो चरणमा १० ओटा सडक सौर्यबत्ती जडान गरिएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी विनोद चन्दले जानकारी दिनुभयो । करिब रु नौ लाखको लागतमा सडक सौर्यबत्ती जडान गरिएको उहाँले बताउनुभयो । विद्युत्भार कटौतीको समस्या नहुने र वैकल्पिक ऊर्जाका स्रोतलाई प्रयोग गर्ने उद्देश्यका साथ सडक सौर्यबत्ती जडान गरिएको चन्दले जानकारी दिनुभयो । 

सडक सौर्यबत्ती अहिले नमुनाका लागि गढी, गोठलापानी र शाहीलेकमा १० ओटा बत्ती राखिएको र प्रभावकारिता भएमा यसलाई चालु आर्थिक वर्षमा थप्ने उहाँले बताउनुभयो । 

नगरक्षेत्रमा सडकमा अँध्यारो नहोस् र रातिको समयमा आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस् भन्ने हेतुले सौर्य सडकबत्ती जडान गरिएको जनाइएको छ । सौर्य सडक बत्ती बुधबार बेलुकादेखि बलेको हो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली