2026-08-31 03:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वतन्त्र उम्मेदवारका एजेन्डा : भ्रष्टाचार नियन्त्रण, विकास र परिवर्तन

कात्तिक २७, चितवन | मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवार पनि घरदैलोमा व्यस्त छन् ।

जिल्लाका तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचनका लागि एक सय १४ जना उम्मेदवार मैदानमा छन् । जसमध्ये ४७ जना स्वतन्त्र उम्मेदवार हुन् । उनीहरुले आफ्ना मुद्दासहित घरदैलो कार्यक्रम गरिरहेका छन् ।

चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका राजन न्यौपाने अहिले मतदाता भेट्ने कार्यक्रममा व्यस्त हुनुहुन्छ । आफ्ना सीमित मुद्दा लिएर जनतामाझ गएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो “म सुशासन, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणका मुद्दा लिएर जनतामाझ गएको छु ।” देशमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न दलका उम्मेदवारले नसक्ने भन्दै उहाँले यसका लागि स्वतन्त्र उम्मेदवारको जीत आवश्यक रहेको बताउनुभयो ।  

स्थिर सरकार स्वदेशमा रोजगार, शिक्षा स्वास्थ्य, आवासको सुविधा सर्वसुलभ बनाउन सके जनताको जीवनस्तरमाथि उठ्ने अठोटका साथ उहाँ चुनावी मैदानमा होमिनु भएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा १० जना स्वतन्त्र उम्मेदवार छन् । उनीहरु यस्तै मुद्दा र नाराका साथ निर्वाचनका लागि मतदाता सामू पुगेका छन् । 

क्षेत्र नम्बर २ मा छ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार देवीका कुँवरले कृषि, शिक्षा स्वास्थ्य, लैंगिक समानता जस्ता मुद्दा बोकेर मतदातासँग मत माग्दै हुनुहुन्छ । 

उहाँले भन्नुभयो, “कृषिमा आत्मनिर्भर, गुणस्तरीय शिक्षा, सबैको पहँुचमा स्वास्थ्य सेवा हाम्रा मुख्य मुद्दा हुन् ।” उहाँले सामाजिक तथा लैङ्गिक समनता, विपन्न समूदायको विकास, पर्यटन क्षेत्रको विकास, सुकुम्वासीको दिगो समाधान लगायतका मुद्दा लिएर घरदैलो गर्दै आउनुभएको छ । 

अर्का स्वतन्त्र उम्मेदवार अङ्गुर पन्त पनि चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि मैदानमा हुनुहुन्छ । उहाँले देशमा सुशासन कायम गर्दै राज्यबाट उपलव्ध सेवा सुबिधा जनतासम्म पु¥याउने बताउँदै आउनुभएको छ । उहाँले जनतालाई सीप र शिक्षा जोड्दै देशको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । त्यसैगरी स्वतन्त्र उम्मेदवार हरि तामाङ पार्टीभित्रको गलत प्रवृत्तिको अन्त्यका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । समाजमा देखिएको निराशालाई आशामा बदल्न आफ्नो उम्मेदवारी रहेको उहाँको भनाइ छ । 

चितवन क्षेत्र नम्बर ३ मा दलका तर्फबाट भन्दा स्वतन्त्र उम्मेदवार धेरै छन् । २०७० सालको संविधानसभा निर्वाचनपछि चर्चामा रहेको यस क्षेत्रमा राजनीतिक दलबाट आठ जना र १२ जना स्वतन्त्रले उम्मेदवारी दिएका छन् ।

जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता छन् । जसमध्ये महिला दुई लाख नौ हजार तीन सय नौ र पुरुष एक लाख उनान्नसय हजार ३२ जना रहेका छन् । एक सय ६१ मतदानस्थलमा रहेका चार सय ६० मतदान केन्द्रबाट उनीहरुले मतदान गर्ने छन् । 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंम्बर १ मा एक लाख ३९ हजार आठ सय ४५ मतदान रहेका छन् भने क्षेत्र नं २ मा एक लाख २४ हजार दुई सय १४ र ३ मा एक लाख ४४ हजार दुई सय ८३ जना छन् । 

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा ६६ हजार १५ र प्रदेशसभा २ मा ७३ हजार आठ सय ३० जना मतदान रहेका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नमबर २ अन्तर्गत प्रदेशसभा १ मा ६१ हजार नौ सय ७३ र प्रदेशसभा २ मा ६२ हजार दुई सय ४२ मतदाता छन् । साथै, निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा १ मा ७८ हजार दुई सय ८६ र प्रदेशसभा २ मा ६५ हजार नौ सय ९६ जना मतदान छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने