५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वतन्त्र उम्मेदवारका एजेन्डा : भ्रष्टाचार नियन्त्रण, विकास र परिवर्तन

२७ कार्तिक २०७९, आईतवार ०६:५२

कात्तिक २७, चितवन | मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवार पनि घरदैलोमा व्यस्त छन् ।

जिल्लाका तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचनका लागि एक सय १४ जना उम्मेदवार मैदानमा छन् । जसमध्ये ४७ जना स्वतन्त्र उम्मेदवार हुन् । उनीहरुले आफ्ना मुद्दासहित घरदैलो कार्यक्रम गरिरहेका छन् ।

चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका राजन न्यौपाने अहिले मतदाता भेट्ने कार्यक्रममा व्यस्त हुनुहुन्छ । आफ्ना सीमित मुद्दा लिएर जनतामाझ गएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो “म सुशासन, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणका मुद्दा लिएर जनतामाझ गएको छु ।” देशमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न दलका उम्मेदवारले नसक्ने भन्दै उहाँले यसका लागि स्वतन्त्र उम्मेदवारको जीत आवश्यक रहेको बताउनुभयो ।  

स्थिर सरकार स्वदेशमा रोजगार, शिक्षा स्वास्थ्य, आवासको सुविधा सर्वसुलभ बनाउन सके जनताको जीवनस्तरमाथि उठ्ने अठोटका साथ उहाँ चुनावी मैदानमा होमिनु भएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा १० जना स्वतन्त्र उम्मेदवार छन् । उनीहरु यस्तै मुद्दा र नाराका साथ निर्वाचनका लागि मतदाता सामू पुगेका छन् । 

क्षेत्र नम्बर २ मा छ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार देवीका कुँवरले कृषि, शिक्षा स्वास्थ्य, लैंगिक समानता जस्ता मुद्दा बोकेर मतदातासँग मत माग्दै हुनुहुन्छ । 

उहाँले भन्नुभयो, “कृषिमा आत्मनिर्भर, गुणस्तरीय शिक्षा, सबैको पहँुचमा स्वास्थ्य सेवा हाम्रा मुख्य मुद्दा हुन् ।” उहाँले सामाजिक तथा लैङ्गिक समनता, विपन्न समूदायको विकास, पर्यटन क्षेत्रको विकास, सुकुम्वासीको दिगो समाधान लगायतका मुद्दा लिएर घरदैलो गर्दै आउनुभएको छ । 

अर्का स्वतन्त्र उम्मेदवार अङ्गुर पन्त पनि चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि मैदानमा हुनुहुन्छ । उहाँले देशमा सुशासन कायम गर्दै राज्यबाट उपलव्ध सेवा सुबिधा जनतासम्म पु¥याउने बताउँदै आउनुभएको छ । उहाँले जनतालाई सीप र शिक्षा जोड्दै देशको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । त्यसैगरी स्वतन्त्र उम्मेदवार हरि तामाङ पार्टीभित्रको गलत प्रवृत्तिको अन्त्यका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । समाजमा देखिएको निराशालाई आशामा बदल्न आफ्नो उम्मेदवारी रहेको उहाँको भनाइ छ । 

चितवन क्षेत्र नम्बर ३ मा दलका तर्फबाट भन्दा स्वतन्त्र उम्मेदवार धेरै छन् । २०७० सालको संविधानसभा निर्वाचनपछि चर्चामा रहेको यस क्षेत्रमा राजनीतिक दलबाट आठ जना र १२ जना स्वतन्त्रले उम्मेदवारी दिएका छन् ।

जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता छन् । जसमध्ये महिला दुई लाख नौ हजार तीन सय नौ र पुरुष एक लाख उनान्नसय हजार ३२ जना रहेका छन् । एक सय ६१ मतदानस्थलमा रहेका चार सय ६० मतदान केन्द्रबाट उनीहरुले मतदान गर्ने छन् । 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंम्बर १ मा एक लाख ३९ हजार आठ सय ४५ मतदान रहेका छन् भने क्षेत्र नं २ मा एक लाख २४ हजार दुई सय १४ र ३ मा एक लाख ४४ हजार दुई सय ८३ जना छन् । 

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा ६६ हजार १५ र प्रदेशसभा २ मा ७३ हजार आठ सय ३० जना मतदान रहेका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नमबर २ अन्तर्गत प्रदेशसभा १ मा ६१ हजार नौ सय ७३ र प्रदेशसभा २ मा ६२ हजार दुई सय ४२ मतदाता छन् । साथै, निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा १ मा ७८ हजार दुई सय ८६ र प्रदेशसभा २ मा ६५ हजार नौ सय ९६ जना मतदान छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले अतिरिक्त सचीव अनावश्यक रहेको बताए नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिए नेपोनको अध्यक्षमा विनोद पाण्डे चयन गृहमन्त्री लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नहुने बताए निजामती कर्मचारीहरूले सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धर्ना दिए बारामा ३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जना तस्कर पक्राउ काठमाडौँबाट हेटौंडा आउँदै गरेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु र १४ जना घाइते दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो हुँदा यातायात आवागमनमा अवरुद्ध गृहमन्त्रीद्वारा गण्डकी प्रदेशलाई आपतकालीन गोदाम हस्तान्तरण शंकर अधिकारीले शिक्षक आन्दोलनप्रति कुण्ठा राखेर भ्रम नछर्न पूर्वशिक्षक नेताहरूलाई आग्रह गरे धवलशमशेर राणालाई क्यान्सरको फलोअप उपचारमा भारत जान नदिने षडयन्त्रमा सरकार लागेको आरोप सुनसरीमा आगलागी हुँदा १० वटा घर जलेर नष्ट, ६० लाख बराबरको क्षति काभ्रेको रोशीमा आगलागी हुँदा २ बालबालिका घाइते शुक्रबार सुनको भाउ ८ सय रुपैयाँले घट्यो दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त