2026-06-29 09:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुस र टर्कीबीच वार्ताको प्रयास भइरहेको छः टर्कीस् राष्ट्रपति

कात्तिक २७, काठमाडौँ | टर्कीस् राष्ट्रपति रिसेप तैयब एर्डाेगानले रुस र युक्रेनका बीचमा वार्ताको प्रयास भइरहेको जानकारी दिनुभएको छ । उहाँले टर्कीले दुई देशबीच शान्ति वार्ताको प्रयास जारी नै राखेको तर अमेरिकाले रुसको कडा विरोध गरेका कारण वार्ता सुरु हुन नसकेको बताउनुभएको हो ।

टर्कीस् राष्ट्रपति एर्डाेगानले पछिल्लो समयमा अमेरिकाले रुसको अनावश्यक रुपमा विरोध गरका कारण वार्ता सुरु हुन नसकेको आरोप समेत लगाउनुभएको समाचारमा जनाइएको छ । 

उज्बेकिस्तानबाट टर्की आउने क्रममा उहाँले सम्वाददाताहरुसँग यस्तो कुरा बताउनुभएको हो । टर्कीस् राष्ट्रपति एर्डाेगानले टर्कीले रुस र युक्रेनका बीचमा शान्ति वार्ताको ढोका खोल्न खोजेकाले यस कार्यमा पश्चिमा देशहरुले पनि आवश्यक मात्रामा सहयोग गर्नुपर्ने बताउनुभएको हो । 


उता युक्रेनले भने रुसी सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गर्ने जनाएको छ । युक्रेनले पहिलेदेखि राख्दै आएको यो अडान गत हप्ता पनि दोहो¥याएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीका सल्लाहकार मिखाइलो पोदोलियाकले गत हप्तामात्र सो धारणा राख्नुभएको युक्रेनी मिडियाले जनाएका थिए । 

हाल रुसले युक्रेनमा एक प्रकारको युद्धविराम जस्तो गरेको र त्यो युद्धविरामको अवस्था उसले आफ्नो शक्ति थप सञ्चय गर्ने काममा पनि दुरुपयोग गर्न सक्ने धारणा युक्रेनको रहेको छ । 

युक्रेनले वार्ताका बारेमा भने केही बताएको छैन । युक्रेनको विषयलाई लिएर अहिले रुस र कुनै पनि पश्चिमा देशसँग छलफल र निर्णय नभएको पनि युक्रेनले केही दिन अघि स्पष्ट गरेको थियो ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेको थियो । त्यसपछि मार्च २९ मा टर्कीको इस्तानबुल सहरमा रुस र युक्रेनकाबीचमा प्रत्यक्ष वार्ता भएको थियो । 

त्यसयता यी दुई देशबीचमा प्रत्यक्ष रुपमा वार्ता हुन सकेको छैन । त्यसैले आफ्नो मध्यस्थतामा यी दुई देशका बीचमा वार्ता गराउने प्रयासमा टर्की रहेको टर्कीस् राष्ट्रपति एर्डाेगानले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी