काभ्रे पाँचखाल तामाघाट–५ घर भई छालिङ बस्दै आएकी भुजेलले आफ्नै कोठामा खाना बनाउने क्रममा बुधबार साँ"/>
काभ्रे पाँचखाल तामाघाट–५ घर भई छालिङ बस्दै आएकी भुजेलले आफ्नै कोठामा खाना बनाउने क्रममा बुधबार साँ"/>
भदौ ३०, भक्तपुर । चाँगुनारायण नगरपालिका–२ छालिङ बस्ने २६ वर्षीया देवकी भुजेल ग्यास लिक भएर आगो लाग्दा जलेर गम्भीर घाइते हुनुभएको छ ।
काभ्रे पाँचखाल तामाघाट–५ घर भई छालिङ बस्दै आएकी भुजेलले आफ्नै कोठामा खाना बनाउने क्रममा बुधबार साँझ ग्यास लिक भएर आगो लागेपछि उहाँले लगाएको लुगामा समेत आगो लाग्दा गम्भीर घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।
आधार शरीर जलेर गम्भीर घाइते भएकी भुजेललाई भक्तपुर अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि शिक्षण अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो । रासस