2026-10-25 12:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रस-च्यानल पार गरी बेलायत प्रवेश गर्नेको सङ्ख्या ४० हजारभन्दा बढी

कात्तिक २८, काठमाडौं | सन् २०२२ को मध्य नोभेम्बरसम्म ४० हजारभन्दा बढी आप्रवासीले च्यानल पार गरी बेलायत प्रवेश गरेको बेलायत सरकारले आइतबार जनाएको छ ।

यस वर्ष प्रवेश गर्ने कूल आप्रवासीको सङ्ख्या ४०,८८५ रहेको छ । जसमध्ये अधिकांश अल्बानियाली, इरानी र अफगानी रहेका छन् । 

यो सङ्ख्या गत वर्षभन्दा करिब १२ हजार बढी हो । गत वर्ष च्यानल पार गरेर बेलायत पुग्ने आप्रवासीको सङ्ख्या २८ हजार ५६१ भन्दा बढी रहेको रक्षा मन्त्रालयले जनाएको छ ।

More Than 12,000 Migrants Have Crossed Channel to Reach UK So Far This Year  - Bloomberg

शनिबार मात्रै २२ वटा डुङ्गामा करिब ९७२ जनाले जोखिमपूर्ण च्यानल पार गरेको जनाइएको छ । यो सङ्ख्या वर्षौंदेखि बढ्दै गएको छ । 

बेलायत सरकारका अनुसार सन् २०१८ मा करिब २९९ जनाले यो बाटो प्रयोग गरेका थिए । त्यसैगरी सन् २०१९ मा एक हजार ८४३ र सन् २०२० मा आठ हजार ४६६ व्यक्तिले उक्त मार्गको प्रयोग गरेका थिए ।

आप्रवासीहरूलाई रुवान्डा पठाउने योजनासहित बेलायतका विभिन्न पहलका बावजुद यो सङ्ख्या निरन्तर बढिरहेको छ, जुन अदालतहरूमा अवरुद्ध गरिएको छ ।

गत साता बेलायती प्रधानमन्त्री ऋषि सुनकले फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँसँग पहिलो पटक प्रत्यक्ष भेट गरेपछि फ्रान्ससँग सहमति भएको नयाँ योजनाअनुसार काम भइरहेको बताए ।

शुक्रबार भएको वार्तामा फ्रान्सकी विदेशमन्त्री क्याथरिन कोलोना र बेलायती समकक्षी जेम्स क्लेभरलीले साना डुङ्गा पार गर्नेलगायत सबै प्रकारका अवैध आप्रवासनको सामना गर्न र यसका मूल कारणहरूलाई सम्बोधन गर्न जोड दिएका थिए ।

बढ्दो आप्रवासी सङ्ख्याका कारण शरणार्थीको दाबीमा अवरोध उत्पन्न भएको छ र बेलायती सरकारले आवास खर्चलाई प्रतिदिन ६.८ मिलियन पाउन्ड (७.८ मिलियन अमेरिकी डलर) पु¥्याएको छ ।

यसले स्थानीय सेवाहरूलाई तनाव दिएको छ र जन आक्रोशलाई बढावा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने