४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनी लाउन्ड्रिङ मुद्दामा ज्याकलिनलाई जमानत, विदेश भ्रमणमा पनि जान पाउने

२९ कार्तिक २०७९, मंगलवार ११:२४

कात्तिक २९, काठमाडौँ | २०० करोड भारुको मनी लाउन्ड्रिङ (मुद्राको अवैध ओसारपसार) मुद्दामा अदालतले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ ।

अदालतले दुई लाख भारु मुचुल्का र दुई लाख भारु जमानत दिन भनेको छ । तर प्रवर्तन निर्देशनालय (ईडी)ले चाहिं जमानत दिने अदालतको आदेशप्रति आशंका व्यक्त गर्दै ज्याकलिनले देश छाडेर भाग्न सक्ने बताएको छ ।


यो मुद्दामा दिल्लीको पाटियाला हाउस अदालतमा सुनुवाइ भइरहेको थियो । यसकै सिलसिलामा ज्याकलिन अदालत आउजाउ गरिरहेकी थिइन् । सुनुवाइको लागि उनी लगातार वकिलकै पहिरनमा अदालतमा पुगिरहेकी थिइन् ।

ईडीले ज्याकलिनविरुद्ध पर्याप्त प्रमाणहरु रहेको बताएको थियो । ईडीको तर्फबाट वकिलले भनेका थिए, ‘ज्याकलिन विदेशी नागरिक हुन् । उनको परिवार श्रीलंकामा बसोबास गर्छ । उनले डिसेम्बर २०२१ मा भाग्ने प्रयास गरेकी थिइन् ।’ साथै वकिलले ज्याकलिनले प्रमाण नष्ट गर्ने र विदेश भाग्न सक्ने आशंका पनि गरेका थिए ।

सुकेश चन्द्रशेखरसँग जोडिएको २०० करोड भारु प्रकरणमा ईडीले ज्याकलिनविरुद्ध मुद्दा दायर गरेको थियो । सुकेशले ज्याकलिनलाई महंगा उपहार पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ