2026-06-29 08:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोल्याण्डमा खसेको मिसाइल युक्रेनले प्रहार गरेको अमेरिकी अधिकारीको दाबी

कात्तिक २९, काठमाडौँ | पोल्याण्डमा खसेको मिसाइल युक्रेनले प्रहार गरेको भन्दै एक रिपोर्टमा जानकारी दिइएको छ ।​ एसोसिएटेड प्रेस एजेन्सीको एक रिपोर्टले तीन अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार पोल्याण्डमा खसेको रुसी मिसाइल युक्रेनबाट खसालिएको जनाएको छ ।

यी अधिकारी यो मामिलामा सार्वजनिक रुपमा बोल्नका लागि अधिकृत होइनन्, उनीहरुले आफ्नो पहिचान लुकाउने शर्तमा सो जानकारी दिएका हुन् । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले पोल्याण्डमा खसेको क्षेप्यास्त्र रुसले प्रक्षेपण गरेको भन्ने खबरमा कुनै सम्भावना नरहेको बताएका थिए ।

Russia-Ukraine war: Initial findings suggest missile that hit Poland was  fired by Ukrainian forces at incoming Russian missile – US officials – NZ  Herald

मंगलबार दिउँसो ३ः४० बजे पोल्याण्डको भूभागमा ‘रुसी क्षेप्यास्त्र’ खसेको थियो, जसका कारण सेरेवोडो गाउँमा दुई जनाको मृत्यु भएको थियो । पोल्याण्डले क्षेप्यास्त्र कसले प्रक्षेपण गरेको हो भन्ने बारे कुनै ‘निर्णायक प्रमाण’ नभएको बताएको छ ।

यो क्षेप्यास्त्र पक्कै रुसी भएपनि दुबै पक्षले युद्धमा रुसी युद्ध सामग्री प्रयोग गरेका छन् । पोल्याण्डको विदेश मन्त्रालयका प्रवक्ता लुकाज जसिनाले पोल्याण्डका लागि रुसी राजदूतलाई घटनाको ‘तत्काल विस्तृत स्पष्टीकरण’ दिन बोलाइएको बताए ।

सेरेभोडो गाउँ युक्रेन र पोल्याण्डको सिमानामा अवस्थित छ र लिभ शहरको उत्तरमा अवस्थित छ ।

रुसले आक्रमणको खण्डन गरेको छ र रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘रुसले युक्रेनी–पोलिश राज्य सीमा नजिकका लक्ष्यहरूमा कुनै आक्रमण गरेको छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी