५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक लाखभन्दा बढी रकेट भएका हमास र हिजबुल्लाबाट इजरायललाई सधैँ त्रास

३० कार्तिक २०७९, बुधबार ११:४३

कात्तिक ३०, काठमाडौँ | अत्याधुनिक हतियार भएका उग्रवादी समूह हमास र हिजबुल्लाको आक्रमणको त्रासबाट इजरायल मुक्त हुन सकेको छैन । आतङ्ककारी सङ्गठन हिजबुल्लाका एक लाख तीस हजारभन्दा बढी रकेट र तीस हजार रकेट भएको हमासले इजरायलको अस्तित्वलाई सधैँ जोखिममा पारेको छ । 

गाजा र लेबनानबाट हमास र हिजबुल्लाद्वारा रकेट आक्रमण भएमा इजरायलीहरूको मृत्यु नहुन सक्छ किनकी रकेट प्रहार हुनेवित्तिकै देशभर खतराको सूचक साइरन बज्न थाल्छन् र नागरिकहरूलाई सुरक्षितस्थलमा आश्रय लिन सहज हुन्छ । इजरायलले प्रभावकारी रूपमा विकास गरेको ‘आइरन डोम’ रकेट आक्रमणलाई निस्तेज पार्न सफल छन् तर हमास र हिजबुल्ला दुवैले एकैदिन चार हजार रकेट आक्रमण एकैपटक गरेमा इजरायललाई त्यस्ता आक्रमणलाई सम्हाल्न कठिन हुनेछ ।


अमेरिकी सहयोगमा विकास गरिएका आइरन डोम मध्यम तथा लामो दुरीका रकेट, ब्यालिस्टिक मिसाइल, ड्रोनहरू, मानवरहित विमान आक्रमणलाई ९० प्रतिशत निष्फल बनाउन सक्षम छन् तर इजरायली सुरक्षा बल सम्भावित सामूहिक रकेट आक्रमणबाट सधै चिन्तित रहेका इजरायली प्रतिरक्षा बलका पूर्वअन्तर्राष्ट्रिय प्रवक्ता योनाटोन कोनिकोसले बताएका छन् । 

बहुसङ्ख्यक यहूदी जनसङ्ख्या गाजाबाट हुनसक्ने रकेट आक्रमणको जोखिममा छ भने लेबनानतिरबाट हिजबुल्लाले आक्रमण गर्ने खतरा पनि उत्तिकै रहेको उनी बताउँछन् । इजरायलमाथि चौतर्फी आक्रमण भएमा जनधनको व्यापक क्षति हुने उनको अनुमान छ । पूर्वप्रवक्ता कोनिकोसका अनुसार एकैपटक चौतर्फी आक्रमण भएमा इजरायलका रकेट प्रतिरोधी सबै प्रणालीले देशवासीलाई जोगाउन हम्मेहम्मे पर्नेछ । 

हिजबुल्लालाई इरानले निरन्तर सहयोग गरिरहेको इजरायलले बताउँदै आएको छ । सुन्नी र सिया समुदायसँग आबद्ध दुवै पृथक समूहले इजरायलमाथि एकीकृत एवम् समन्वयात्मकरूपमा आक्रमण गर्ने त्रासबाट पनि इजरायल मुक्त नरहेको पूर्वप्रवक्ता कोनिकोसको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता