५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप विजेतालाई ४२ करोड डलर दिने फिफाले कसरी कमाउँछ पैसा?

१ मंसिर २०७९, बिहीबार ०७:०८

मङ्सिर १, काठमाडौँ । सबैले खरिद गर्न चाहेको सामान कम मूल्यमा उत्पादन गरी बिक्री गर्न सक्ने हो भने व्यापारबाट छिट्टै र धेरै आम्दानी लिन सकिन्छ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को व्यापार मोडल ठ्याक्कै यही हो।

फिफाले आयोजक राष्ट्रलाई पैसा दिन्छ। खेलाडी तथा विजेतालाई पुरस्कार, उनीहरूलाई आवतजावत खर्च, बस्ने तथा खाने सुविधा प्रदान गर्छ भने प्रत्येक खेलाडीलाई ३ लाख ७० हजार डलर पनि दिन्छ।  


साथै विश्वकपमा प्रयोग हुने अन्य जनशक्ति र क्लबाट खेलाडीलाई विश्वकप खेल्न पठाएबापत फिफाले ६३ देशका ४६१ क्बललाई सहयोग पनि गर्छ। क्लबलाई वितरण गर्न फिफाले २० करोड डलर छुट्टाएको छ।

फिफाले खेलमा सहभागी ३२ वटै राष्ट्रलाई पैसासमेत दिन्छ। ठूलो खर्चका बाबजुद पनि फिफाले मनग्य मुनाफा आर्जन गर्छ।

सन् २०१८ मा फिफाले रूसले विश्वकपको आयोजना गरेको थियो। त्यहाँबाट उसले ६ अर्ब ४० करोड डलर आर्जन गर्‍यो।

फिफाले सबैभन्दा बढी रकम विश्वकप प्रसारणको अनुमतिबाट लिने गर्छ। फिफाले आर्जन गरेको पैसाभन्दा ४ अर्ब ६० करोड डलर प्रसारण अधिकार बिक्रीबाटै आर्जन भएको  थियो।  

फिफा विश्वकप ५ अर्ब मानिसले टेलिभिजनमा हेर्ने अनुमान छ। यो खेलमा विज्ञापन राख्न ब्राण्डहरूले फिफालाई पैसा बुझाउनुपर्छ।

फिफाले २०१८ को संस्करणमा विज्ञापनबाट १ अर्ब ६६ करोड डलर आर्जन गरेको थियो। साथै टिकटबाट पनि फिफाले पैसा आर्जन गर्छ।

सन् २०१८ मा फिफाले टिकटबाट ७० करोड १२ लाख डलर आर्जन गरेको थियो।

फिफाले ब्रान्डहरूलाई आफ्नो नाम प्रयोगको इजाजत दिएर पनि आम्दानी गर्छ। फिफाको नाम प्रयोग गरेर गेम उत्पादन गर्ने कम्पनीहरूबाट वार्षिक १५ करोड रूपैयाँभन्दा बढी आर्जन गर्छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता