१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

मतदान गर्न घोडा चढेर एक दिनको बाटो

३ मंसिर २०७९, शनिबार ०८:४५

मङ्सिर ३,  म्याग्दी | म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा स्थायी घर भई काठमाडौँ बसोबास गर्ने दीपबहादुर छन्त्यालसहित आठजनाको एक टोली आज धवलागिरि गाउँपालिका–२ मा पर्ने लुलाङदेखि घोडामा चढेर आफ्नो मतदान केन्द्र गुर्जातर्फ लाग्यो ।

म्याग्दी सदरमुकाम बेनीबाट २६ कोष टाढा धवलागिरि गाउँपालिका–१, गुर्जामा रहेको जनकल्याण माविको मतदानस्थलमा भोट खसाल्न छन्त्याल र उहाँको परिवारसहितको टोली काठमाडौँदेखि बेनीआएर गुर्जा जान थालेको हो । सडक सञ्जालले नछोएको गुर्जा म्याग्दी जिल्लाकै अत्यन्त विकट ठाउँ हो । जनकल्याण माविको मतदान केन्द्रमा सात सय ५४ मतदाता छन् । तीमध्ये करिब एक सय मतदाता गाउँबाहिर नै रहेकाले यसरी नै घोडा चढेर वा पैदल नै एक दिनको बाटो हिँडेर लुलाङदेखि गुर्जा पुग्न बाध्य भएका गुर्जाका वडाअध्यक्ष झक छन्त्यालले बताउनुभयो ।

मतदानका लागि गाउँबाहिर रहेकाहरु गाउँ आउन सुरु भएको उहाँले जानकारी दिनुभयो । लुलाङसम्म सवारीसाधन र त्यसपछि एक दिनको पैदल यात्रा गरेर पुगिने जिल्लाको अति विकट गुर्जाको मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएका छन् । भोलि हुने निर्वाचनका लागि गुर्जामा २० जना कर्मचारी खटाइएको छ । जिल्लाकै अत्यन्त दुर्गम र सुरक्षाका दृष्टिकोणले पनि संवेदनशील मानिएको गुर्जामा आवश्यक सुरक्षाकर्मीसहितको टोलीसमेत पठाइएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताउनुभयो

एउटा मात्र मतदान केन्द्र रहेको गुर्जामा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित आठ जना निर्वाचन कर्मचारी र १२ जना सुरक्षाकर्मीसहित २० जना खटिएका छन् । यहाँ भोलि हुने निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको मतदान अधिकृत अमृतप्रसाद सुवेदीले जानकारी दिनुभयो । म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, एक सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एकवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन सम्पन्न गराउन म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कूल नौ सय ५२ जना कर्मचारी परिचालन गरिएको छ । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण