२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिन्धुपाल्चोक-१ मा एमालेका नेपाल र २ मा कांग्रेसका बस्नेत अगाडि

२०७९, ६ मंसिर मंगलवार ०१:३३

मङ्सिर ६, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । प्रारम्भिक मतपरिणाम अनुसार क्षेत्र नं १ मा चार हजार ८३८ मत गन्दा नेकपा (एमाले)का सरेश नेपालले दुई हजार ३५ मत प्राप्त गर्नु भएको छ । 

त्यस्तै लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार माधव सापकोटाले एक हजार ८८४ मत प्राप्त गर्नुभएको छ । 

क्षेत्र नं १ प्रदेस १ मा कांग्रेसका मसिना खड्का ७२२ र एमालेका युद्धविक्रम लामाले ७११ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नम्बर २ प्रदेशसभा १ मा नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल दुई हजार १६३ नेकपा एमालेका अमान सिं तामाङले एक हजार २४८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै समानुपातिक मत गणना पनि जारी रहेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिनुभयो । 

सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गर्नुभएको छ । जारी मतगणनामा बस्नेतले दुई हजार दुई सय ३६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले एक हजार दुई सय ८६ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने