२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापा ५ मा एमाले अध्यक्ष ओली अगाडि, खगेन्द्र अधिकारी पछ्याउँदै

२०७९, ६ मंसिर मंगलवार ११:३२

मङ्सिर ६, झापा | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राख्नुभएको छ । मतगणनाको शुरुआत देखि नै उहाँ अग्रस्थानमा हुनुहुन्छ । 

अध्यक्ष ओलीले १७ हजार चार सय ६८ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार तीन सय सात मत प्राप्त गर्नुभएको छ । 

यसैगरी झापा ५ कै प्रदेशसभामा एमाले उम्मेद्वारले अग्रता कायम गरेका छन् । झापा–(१) मा एमालेका हिक्मतकुमार कार्कीले अग्रता कायम गर्नुभएको छ । प्रारम्भिक परिणाम नुसार उहाँले नौ सय ८१ मत प्राप्त गर्नुभएको छ । यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका जीवनकुमार राईले छ सय ३२ मत प्राप्त गर्नुभएको छ । 

झापा–५(२) मा एमालेका होमबहादुर थापा एक हजार दुई सय ३४ मतसहित अगाडि हुनुहुन्छ । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेवतराज पुरीले सात सय ४८ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता