पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>मङ्सिर ७, चितवन |</b> चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले नेकपा एमालेका कृष्णभक्त पोखरेलसँगभन्दा दोब्बर मतले अग्रता लिएका छन् ।<br></p><p>हाल सम्म ३० हजार ३१३ मत गनिसक्दा लामिछानेले १४ हजार ८११ मत ल्याएका छन् भने एमालेका पोखरेल ७ हजार ८७० मतान्तरले पछाडि परेका छन् । पोखरेलले ६ हजार ९४१ मत ल्याएका छन् ।</p><p>नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ६ हजार ६०८ मतसहित तेस्रो स्थानमा छन् । श्रेष्ठ सत्ता गठबन्धनका उम्मेदवार हुन् ।</p>

