Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

चितवन–२ बाट रवि लामिछानेको जित निश्चित, गनेको मतमध्ये आधा बढी घण्टीमा

By साझासवाल

मङ्सिर ८, चितवन | चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी हुने निश्चित भएको छ।

८४ हजार ३ सय १७ जनाले मतदान गरेको यो क्षेत्रमा ७९ हजार २ सय १५ मत गणना हुँदा लामिछानेले ४५ हजार ९ सय ३४ मत प्राप्त गरिसकेका छन्।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ४ सय ६ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ५४ मत प्राप्त गरेका छन्।

रवि श्रेष्ठभन्दा ३१ हजार ५ सय २८ भोटले अघि छन्। गणना गर्न बाँकी मत भन्दा उनले बनाएको अग्रता बढी भएसँगै जित निश्चित भएको हो।