2026-08-22 08:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोलुखुम्बुमा बलबहादुर केसीमाथि अन्तर्घात भएको आरोप

मंसिर ८, सोलुखुम्बु  | नेपाली कांग्रेसका नेता बलबहादुर केसी सोलुखुम्बुबाट लगातार दोस्रो पटक पराजित भए । २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गर्दा पराजित भएका केसी यसपटक नेकपा माओवादी केन्द्रसँग कांग्रेसले गठबन्धन गर्दा पनि पराजित भए ।

केसी पक्षले भने पार्टीभित्रैबाट असहयोग भएकाले चुनाव हारेको आरोप लगाएको छ । केन्द्रीय सदस्य आङ्गेलु शेर्पा र जिल्ला सभापति नामगेल जाङ्बु शेर्पाले असहयोग गरेको केसीका स्वकीय सचिव बेदप्रसाद बनले बताए ।‘केन्द्रीय सदस्य र जिल्ला सभापतिकै डिजाइनमा हराउने काम भयो । गठबन्धनलाई हराऔं अभियानमा लागे’ उनले भने ।

गत निर्वाचनमा जितेको आधारमा सोलुखुम्बु माओवादीको भागमा परेको थियो । महामन्त्री गगन थापा र नेता डा. शेखर कोइरालाको पहलमा केसीका लागि छोड्न माओवादी तयार भएको थियो । प्रदेशतर्फ भने दुवै क्षेत्र माओवादी केन्द्रको भागमा परेको थियो । केसीले टिकट पाउने भएसँगै कांग्रेसकै संस्थापन पक्ष असन्तुष्ट बनेको इतर पक्षको दाबी छ । प्रतिनिधिसभाको उम्मेदवारका लागि पार्टीले केन्द्रीय सदस्य आङ्गेलु शेर्पाको नाम सर्वसम्मतले सिफारिस गरेको थियो ।

जिल्लाबाट प्रत्यक्षमा केसीको नाम सिफारिस नभएपछि उनले असन्तुष्टि व्यक्त गरेका थिए । केन्द्रीय सदस्य आङ्गेलु र जिल्ला सभापति नामगेल जाङ्बु पार्टीभित्र संस्थापन पक्षका हुन् ।

२०७४ सालमा केसी माओवादीका केन्द्रका हेमकुमार राईसँग पराजित भएका थिए । यसपटक केसी एमालेसँग पराजित भए । माओवादी केन्द्रले संघीय सांसदमा उम्मेदवार नपाएपछि केसीको पक्षमा सक्रिय सहयोग नगरेको केसी पक्षको बुझाइ छ ।

सोलुखुम्बुमा स्थानीय तहको मतमा कांग्रेस पहिलो दल बनेको थियो । कांग्रेसको पक्षमा १९ हजार ६८ मत थियो । एमालेले १६ हजार ५९७ मत ल्याएको थियो । तेस्रो शक्ति माओवादी केन्द्रको १२ हजार ४२५ मत थियो । ‘हराउनका लागि बकाइदा प्रमाण छ । गठबन्धनलाई हराऔं अभियानमा लागेका मेसेजहरु छन्’ बनले भने ।

बिहीबार सार्वजनिक मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् ।

उनले सत्ता गठबन्धनका तर्फका उम्मेदवार केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरे । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाए । पहिलो र तेस्रो शक्ति मिल्दा समेत केसी पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो