२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकै परिवारका छ जनाको जलेर मृत्यु, सडक दुर्घटनमा अन्य छ जना मारिए

२०७९, १४ मंसिर बुधबार ०६:१३

मङ्सिर १४, फिरोजावाद (उत्तरप्रदेश) |  विद्युत् प्रवाहमा गडबडी उत्पन्न भइ फिरोजावादको एक आवासीय भवनमा आगालागी हुँदा एकै परिवारका छ जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

मङ्गलबार राति लागेको आगोमा परेर तीन जना बालबालिकाको पनि ज्यान गएको फिरोजावादका प्रहरी उपरीक्षक आशिष तिवारीले बताए । आग्रा, इत्हा, मनिपुरीलगायत १८ वटा अग्निसमन केन्द्रका जवान र फिरोजावादसहित १२ वटा प्रहरी कार्यालयका सुरक्षाकर्मीको सयोगमा राति अबेर आगो निभाइएको उनले बताए । 


आगलागीको उक्त घटनालाई गम्भीररूपमा लिँदै मुख्यमन्त्री आदित्यनाथसहितको उच्च अधिकारीको टोली राति नै  घटनास्थलमा पुगेर वस्तुस्थिति बुझ्नका साथै त्यसले सम्बद्ध निकाय तथा पदाधिकारीलाई तत्काल राहतका  कार्य थाल्न निर्देशन दिएको थियो । 

मुख्यमन्त्री कार्यालयले दिवङ्गतहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । मुख्यमन्त्रीले घाइतेलाई तत्काल अस्पताल लैजान र उचित उपचार गर्न जिल्ला प्रशासनका पदाधिकारीलाई निर्देशन दिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उनले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई तत्काल रु दुई लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । 

यसैबीच, राज्यको बहराइच जिल्लामा आज बिहान सखारै भएको सडक दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । जिल्लाको टप्पे सिपाह क्षेत्रमा रोडवेजको बस र ट्रक एक आपसमा ठोक्किदा उक्त हताहती भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । प्रहरीका अनुसार घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजक छ । उनीहरू सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी