५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वको सबैभन्दा ठूलो ज्वालामुखी ३८ वर्षपछि विष्फोट, सर्वाधिक लामो समयसम्म मौन कीर्तिमान तोड्यो

१४ मंसिर २०७९, बुधबार ०६:५२

मङ्सिर १४, काठमाडौँ | अमेरिकाको हवाई द्वीपमा विश्वको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखी मौउना लोआ हो । सन् १९८४ देखि अहिलेसम्म यो शान्त थियो तर यो २८ नोभेम्बर २०२२ मा फुटेको छ । अब त्यहाँबाट लाभा निस्किरहेको छ । चारैतिर रातो र तातो लावाको नदी फैलिएको छ ।


यूएस जियोलोजिकल सर्भिसका अनुसार हाल लाभा मौउना लोआ पहाडको माथिल्लो हिस्सामा मात्रै छ । यो बगेर बाहिर आएको छैन । चारैतिर आगो र धुँवाको मुस्लो फैलिरहेको छ । तर यसको मुनी बस्ने मानिसहरुलाई हाल कुनै समस्या छैन ।वैज्ञानिकका अनुसार कुनै ज्वालामुखी यत्तिको लामो समयसम्म शान्त बसेको यो लिखित रेकर्ड हो । यद्यपि, यूएसजीएसले ज्वालामुखीको मुनी बस्ने हवाइयन जनतालाई सतर्क रहन चेतावनी दिएको छ । धुँवा, खरानी वा विषालु ग्यास जुनसुकै बेला पनि आउन सक्छ, त्यसैले सतर्क हुनुपर्छ ।

मौउना लोआ १३,६७९ फिट अग्लो पहाड हो । यहाँ ज्वालामुखीको एउटा पूरा चेन हो । मौउना लोआ अन्तिम पटक सन् १९८४ को मार्च र अप्रिल महिनामा फुटेको थियो । त्यतिबेला यसको लाभा बगेर ८.०५ किलोमिटर टाढा हिलो शहरसम्म पुगेको थियो ।

Hawaii's Mauna Loa Volcano Continues Erupting, but So Far Lava Flows Pose  No Threat to Local Communities

हवाई इमरजेन्सी म्यानेजमेन्ट अथोरिटीले उनीहरुले दुईवटा सेल्टर खोलिदिएको बताए । यदि आपतकालीन अवस्था आयो भने ज्वालामुखीको मुनी बसिरहेका मानिसलाई सुरक्षित तरिकाले यहाँ पुर्याइने जानकारी दिइएको छ । लाभा बाहिर निस्किएर बग्ने कुनै आशंका हालका लागि छैन । त्यसैले इलाका खाली गर्ने आदेश दिइएको छैन ।

मौउना लोआको इतिहासमा एउटा कुरा निकै रोचक रहेको छ । यसको आधाभन्दा बढी बिस्फोट यसको माथिल्लो हिस्सामा नै समाप्त हुन्छ । मुनीतिर बस्ने कसैलाई पनि केही खासै समस्या हुँदैन । फोटोमा देखिएको ज्वालामुखी सबैभन्दा माथिल्लो हिस्सा हो जसमा क्रेटरमा बरफ जमेको छ । यो तस्बिर पुरानो हो ।

मौउना लोआ ज्वालामुखीको बिस्फोट अन्तरिक्षबाट पनि देखिएको छ । नेशनल ओशियानोग्राफिक एन्ड एटमस्फियरिक एडमिनिस्ट्रेशनको सेटलाइटले यो बिस्फोटको तस्बिर खिचेको छ ।

होनोलुलूको नेशनल वेदर सर्भिसले पनि ज्वालामुखी बिस्फोट र लाभाको बहावको तस्बिर जारी गरेको छ । जसमा आगोले भरिएको एउटा ठूलो क्रेटर देखिएको छ । यसैबीच मानिसले बिस्फोटको तस्बिर र भिडियो सोसल मिडियामा भाइरल बनाइदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता