2026-10-24 10:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेन युद्धले युरोप ‘पर्याप्त शक्तिशाली छैन’ भन्ने देखाएको छ : फिनल्याण्डका प्रधानमन्त्री

मङ्सिर १६, काठमाडौँ | फिनल्याण्डका प्रधानमन्त्री सान्ना मरिनले युक्रेनविरुद्ध रूसले गरेको आक्रमणपछि युरोपको क्षमताबारे मूल्याङ्कन गर्दै मस्कोविरुद्ध एक्लै उभिन यूरोप पर्याप्त बलियो नभएको बताउनुभएको छ ।

अस्ट्रेलियाको भ्रमणमा रहेका नेटो सदस्य राष्ट्रका नेताले भ्लादिमिर पुटिनको आक्रमण र छिमेकी युक्रेनमाथिको कब्जाले रूससँग व्यवहार गर्ने ‘युरोपेली कमजोरी र रणनीतिक भूल’ दुवैलाई उजागर गरेको बताउनुभयो । 

“म तपाईंसँग धेरै इमानदार हुनुपर्छ, निर्ममतापूर्वक इमानदार हुनुपर्छ, युरोप अहिले पर्याप्तरूपमा शक्तिशाली छैन । हामी संयुक्त राज्य अमेरिका बिना समस्यामा पर्नेछौं,” उहाँले सिड्नीको लोवी इन्स्टिच्युटका थिङ्क ट्याङ्कसँगको छलफलमा भन्नुभयो । 

मारिनले युक्रेनलाई युद्ध जित्नका लागि ‘जे चाहिए पनि’ दिनुपर्नेमा जोड दिँदै युद्धमा रूसको सफलतालाई निस्तेज पार्न आवश्यक हतियार, आर्थिक र मानवीय सहायता उपलब्ध गराउन अमेरिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीले युरोपेली रक्षा र युरोपेली रक्षा प्रणालीको कुरा गर्दा यो सुनिश्चित गर्नु पर्दछ आवश्यक ती क्षमताहरू पनि निर्माण गरिरहेका छौं र हामी विभिन्न प्रकारका परिस्थितिहरूको सामना गर्न सक्दछौं ।” 

फिनल्यान्डले लगभग १०५ वर्षअघि रूसबाट स्वतन्त्रता प्राप्त गरेको थियो र आक्रमणकारी सोभियत सेनालाई ठूलो सङ्ख्यामा मारिएको भए तापनि त्यसको केही समयपछि रूसले फिनल्याण्डको ठूलो जनधनको क्षति पु-याएको थियो । 

फिनल्यान्डका ३७ वर्षीय नेताले पुटिनसँगको सम्बन्धको महत्वमा जोड दिने युरोपेली सङ्घको नीतिको निन्दा गर्दै सोभियत सङ्घको पतनपूर्वका सङ्घका सदस्य राष्ट्रहरूको कुरा सुन्नुपर्ने बताउनुभयो । 

सन् २००४ मा युरोपेली सङ्घमा सामेल भएदेखि नै इस्टोनिया र पोल्याण्डजस्ता देशले रूसका सदस्य राष्ट्रलाई पुटिनविरुद्ध कडा कदम चाल्न आग्रह गर्दै आएका छन् । 

“हामीले बाल्टिक र पोलिश साथीहरूको कुरा धेरै चाँडो सुन्नुपथ्र्योे,” मरिनले भन्नुभयो । 

उहाँले थप्नुभयो, “लामो समयदेखि युरोपले रूससँग हाम्रो आर्थिक सम्बन्ध बन्द गर्ने, रुसबाट ऊर्जा किन्ने रणनीति बनाइरहेको थियो । हामीले सोचेका थियौं कि यसले युद्धलाई रोक्नेछ । तर यो दृष्टिकोण ‘पूर्णतया गलत साबित भएको’ छ ।” 

रूसीहरूलाई आर्थिक सम्बन्ध र प्रतिबन्धको कुनै वास्ता नभएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने