५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डोनेसियामा विवाहअघि यौनसम्बन्ध राखे कारबाही गर्ने कानुन बन्दै

१८ मंसिर २०७९, आईतवार ०७:०२

मङ्सिर १८, काठमाडौँ । इन्डोनेसियाको संसदले विवाह अघि यौनसम्पर्क गर्नेलाई एक वर्षसम्मको सजायको व्यवस्था हुने कानुन ल्याउन लागेको छ ।

बीबीसीमा प्रकाशित खबरअनुसार उक्त कानुनको मस्यौदामा संलग्न इन्डोनेसियाका नेता बाम्बाङ वुरियान्टोले आगामी साताको सुरुसम्ममा यो कानुन संसदबाट पारित हुने बताएका छन् ।

उक्त नयाँ कानुन पारित भएपछि इन्डोनेसियाली नागरिकहरू र विदेशीहरूलाई पनि लागू हुनेछ।


नयाँ कानुनमा यसलाई व्यभिचार अन्तर्गतको सजाय भनिएको छ । यस्तो सजाय यदि कसैले सरकारी अधिकारी समक्ष उजुरी गरेपछि प्रभावकारी हुनेछ ।

कानुनमा विवाहअघि शारीरिक सम्बन्ध राख्न प्रतिबन्ध लगाइने र दोषी प्रमाणित भए ६ महिनासम्म जेल सजाय हुन सक्नेछ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार व्यवसायीहरूले नयाँ कानुनप्रति चिन्ता व्यक्त गरेका छन् ।

विदा मनाउने र लगानी गर्ने गन्तव्यको रूपमा परिचित देशमा यस्तो कानुन लागु भए देशकै अर्थतन्त्र ओरालो लाग्ने व्यवसायीहरूको चिन्ता छ ।

यसअघि सन् २०१९ मा पनि यस्तै कानुनको मस्यौदा पारित गर्ने तयारी भएसँगै देशव्यापी प्रदर्शन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता