2026-09-08 12:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड

मङ्सिर १८, काठमाडौँ । इरानले इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड दिएको तथा अन्य तीन जनालाई लामो काराबासको सजाय सुनाएको छ । 

सरकारी समाचार समिति इर्नाका अनुसार इजरायली जासुरी संस्था मोसादका निम्ति काम गरेको अभियोगमा उनीहरूलाई देशको शक्तिशाली रिभोलुस्नरी गार्डले पक्राउ गरेको थियो ।  अभियुक्तहरू विगतमा पनि आपराधिक गतिविधिमा संलग्न रहेका तथा उनीहरूले देशको सुरक्षा व्यवस्थामा आघात पार्ने प्रयास गरेका थिए । 

इरान र इजराल क्षेत्रीय दुश्मन हुन् । इरानले बेलाबखत इजरायल र अमेरिकालगायत देशका लागि जासुसी गरेको भन्दै मानिसहरू पक्राउ गरेको घोषणा गर्ने गरेको छ । तेहरानले इजरायल एक स्वतन्त्र राष्ट्रको मान्यता दिएको छैन उसले इजरायल विरोधी सशस्त्र समूह हिज्बुल्लाह र हमासलाई सहयोग गर्दै आएको छ । 

मृत्युदण्ड दिइएका तथा लामो काराबासको सजाय पाएका मोसादका सदस्यले निजी तथा सार्वजनिक सम्पत्ति चोरेर नष्ट गरेका, व्यक्ति अपहरण गरेका, उनीहरूबाट हातहतियारसमेत बरामद गरिएको, तलबभत्ता किप्टो करेन्सीमा लिने गरेका इरानी अधिकारीहरूले बताए पनि कथित अपराधको कुनै प्रमाण सार्वजनिक गरेका छैनन् । मृत्युदण्ड दिइएकाहरूको नाम सार्वज्निक गरे पनि लामो काराबासको सजाय तोकिएका तीन जनाको परिचय पनि खुलाइएको छैन । 

इरानको रिभोलुस्नरी अदालतले नियमित रुपमा मृत्युदण्डको सजाय सुनाउँदै आएको छ । इरानको शासन व्यवस्थाको विरोध गर्नेहरूको जीवन लुछिन्छ । एम्नेस्टी इन्टरनेसनलका अनुसार गत वर्ष इरानले तीन सय १४ जनालाई मृत्युदण्ड दिएको थियो । उक्त सङ्ख्या पोहोर खाडी राष्ट्रमा दिइएका मृत्युदण्डभन्दा आधाले अधिक हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित