२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाको फिल्म हेरेको आरोप लागेका दुई किशोरलाई उत्तर कोरियाले गोली हानेर मार्‍यो

२०७९, २० मंसिर मंगलवार ०६:१७

मङ्सिर २०, काठमाडौँ | एजेन्सी | उत्तर कोरियामा दुईजना किशोरलाई दक्षिण कोरियाको फिल्म हेरेको र बेचेको आरोपमा गोली हानी हत्या गरिएको द डेली मेल पत्रिकाले खबर दिएको छ । 

उनीहरूलाई चीन सीमा नजिक रहेको ह्येसान शहरमा एक एयरफील्डमा सामूहिक गोलीको शिकार बनाइएको हो । मृत्युदण्ड गत अक्टोबर महिनामै दिइएको भए पनि त्यसको खबर बल्ल आएर सार्वजनिक भएको हो । 

आफ्नी सौतेनी आमाको हत्या गर्ने अर्का एक किशोरलाई पनि त्यही अवसरमा मृत्युदण्ड दिइएको छ ।

मृत्युदण्ड हेर्नका लागि बाध्य बनाइएका दुईजनाले रेडियो फ्री एसियालाई यसको बारेमा पुष्टि गरेका हुन् । 

उत्तर कोरियामा पश्चिमा झलक आउने सबै किसिमका सामग्रीमा कठोर प्रतिबन्ध लगाइएको छ । 

उत्तरका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियालाई अमेरिकी कठपुतली मान्ने गरेका छन् । दक्षिणबाट आउने कुनै पनि सामग्रीलाई उत्तरले संवेदनशील मान्ने गरेको छ । 

तर प्रतिबन्धका बावजूद दक्षिण कोरियाली फिल्म र सिरिजहरू गोप्य रूपमा पेन ड्राइभमा राखेर उत्तर ल्याइने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी